खाना खानेबितिक्कै कहिल्यै चुरोट सेवन नगर्नु, नत्र.........?



खाना खाने बितिक्कै चुरोट सेवन गर्दा तपाईको शरीरमा हुने हानी तथा नोक्सानीका बारेमा तपाईलाई थाहा छ ?

चुरोटको लत बेसेकाहरु प्रायजसो खाना खाएपछि चुरोट खान आतुर हुन्छन् । त्यतिमात्रै नभइ, खाना खाइसके पछि चुरोटको तलतल मेटाउन मागेरै भएपनि चुरोट सेवन गर्ने गर्छन् । कतिपयलाई खाना पछिको चुरोटले आनन्द दिने गरेको प्रतिक्रिया दिने गर्छन् । चुरोट सेवन कुनै पनि हालतमा स्वास्थ्यका लागि लाभदायक छैन । त्यसमा पनि खाना पछि गरिने चुरोट सेवन स्वास्थ्यका हिसावले अत्यन्तै हानिकारक छ ।

बैज्ञानिकहरुका अनुसार, खाना खानासाथ यदि तपाईले धुम्रपान गर्नुभयो भने, तपाईको स्वास्थ्यमा दश वटा चुरोट सेवन गरे बराबर क्षति पुग्छ । 

अनि फोक्सो क्यान्सरको संभावना अत्यधिक मात्रामा बढेर जान्छ । यसका साथै मानव पेटमा चुरोटको धुँवाले भुसमा लागेको आगो जस्तै मधुरो आगोको काम गर्छ र मानव शरीरमा शनैशनै डढेलो लगाउँछ । पाचन प्रक्रियामा असर पुर्याउँनुका साथै  चुरोटमा रहेको निकोटीनले रगतमा भएको अक्सिजनमा मिसिएर रगतनै खराव पारिदिन्छ । 





प्रतिक्रिया दिनुहोस्...