दिदीलाई फकाएर बलात्कार गर्न खोज्दा नमानेपछि ७० वर्षीय एक वृद्धले ९ वर्षीया बालिकालाई बलात्कार गरे
काभ्रे, असार २७ । दिदीलाई फकाएर बलात्कार गर्न खोज्दा नमानेपछि ७० वर्षीय एक वृद्धले ९ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ । बलात्कारपछि स्थानीयले मिलापत्र गरेपनि बालिकाको मानसिक सन्तुलन गमुेपछि मात्रै बलात्कार भएको रहस्य खुलेको हो ।
सिन्धुली जिल्ला मझुवा गाविस ५ का ९ वर्षीय बालिकालाई सोही स्थानमा ७० वर्षे वृद्ध सोमबहादुर राईले असार १ गते दिउँसो जंगलमा लगेर बलात्कार गरेका थिए । ती बालिकाकी दिदीलाई १ सय रुपैयाँ दिन्छु सुत्न आउ भनेपछि उनले नमानेपछि ती बृद्धले बहिनी बलात्कार गरेका हुन् ।