भाइबर चलाउने लाई खुसीको खबर !!! भाइबरले ल्यायो यस्तो नयाँ सुविधा


विश्वका चर्चित सामाजिक संजालहरु मध्य भाइबर पनि एक हो । पछिल्लो समयमा भाइबरले आफ्ना प्रयोगकर्ताहरुको चाहानालाई मध्यनगर गर्दै नया नया सुविधाहरु थपि रहेको छ । यसै बीच भाइबरले प्रयोगकर्ताहरुको चाहानालाई मध्यनगर गर्दै  नयाँ क्रोम भर्सन सार्वजनिक गरेको छ। गुगलको क्रोमबाट डेस्कटप भाइबर चलाउने संख्या बढेपछि नयाँ क्रोमबुक्स भर्सन ल्याएको भाइबरले जनाएको छ । यसबाट प्रयोगकर्ताले हाइडेफिनिसन भिडियो कल, भ्वाइस कल तथा भाइबरबाटै मोबाइल तथा ल्यान्डलाइनमा पनि फोन गर्न सक्नेछ।
क्रोमबक्स  इन्स्टल यसरि गर्नुहोस :
क्रोमबक्स भाइबर इन्स्टल गर्नका लागि क्रोम वेब स्टोरमा गएर ‘एभाइलेबल अन क्रोम’ क्लिक गर्नुहोस । त्यसपछि एप डाउनलोड गरेर त्यसमा दिइएको निर्देशन फलो गर्नुहोस,  क्रोममा भाइबर इन्स्टल गर्न भाइबरको सक्रिय अकाउन्ट र फोन नम्बर आवश्यक पर्ने हुनाले  निर्देशन अनुसार टाइप गर्नुहोस । र अन्त्यमा कन्टिन्यू बटनमा थिचेर आफूले पाएको एक्टिभेसन कोड हान्नुहोस । क्रोमबक्स इन्स्टल भइसकेपछि यस एपबाट एचडी भडियो तथा फोन कल गर्न सक्नुहुने  छ।एजेन्सी ।





प्रतिक्रिया दिनुहोस्...