यस कारण सुन्तलाले ज्यान पनि लिन सक्छ


orange-मिडिया एनपी, काठमाडौं, २६ असार । सुन्तला मिठो फलका रुपमा लिइन्छ । तर, यही सुन्तला कसैको ज्यान लिने फल पनि सावित हुन सक्ने तथ्य सार्वजनिक भएको छ ।
सुन्तलाको कारण बच्चाहरुमा ज्यान लिने एलर्जी एनाफायलैक्सिसको संक्रमण हुन सक्ने तथ्य बाहिर आएको हो । अष्ट्रेलियाको पेन्सिलवानियाँमा सुन्तला खाएपछि एक बच्चा उक्त एलर्जीको शिकार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
एनाफायलैक्सिस एलर्जी एक गम्भीर प्रकारको एलर्जी हो जसले ज्यान समेत लिन सक्छ । छाला चिलाउनु, घाँटी सुनिनु, रक्तचाप कम हुनु यसको लक्षण हो । कुनै किराले टोक्दा, कुनै औषधि सेवन गर्दा तथा अन्य केही खाद्य पदार्थ खाँदा सामान्यतयाः यी लक्षण देखा पर्ने विज्ञहरुको भनाइ छ ।
अमेरिकी कलेज अफ एलर्जीका सदस्य तथा एलर्जी विशेषज्ञ सिगरिड दा बेगाले सुन्तला खाएपछि अढाइ वर्षकी एक बालिका गम्भीर एनाफायलैक्सस शिकार भएकी जानकारी दिए । विशेषज्ञ वेगाका अनुसार ती बालिको ओठ र जिब्रो सुन्निएको थियो भने स्वासप्रस्वासमा पनि समस्या थियो । उनलाई तत्काल अस्पताल लगिएको थियो । ४८ घण्टाको उपचार पनि ती बालिकाको सामान्य अवस्थामा आए पनि पूर्ण रुपमा भने निको भएकी थिइनन् ।
यद्यपी उपचारका क्रममा ती बालिका दमको रागी भएको तथ्य पनि सार्वजनिक भएको छ । बेगा भन्छन्, ‘जुन बच्चा दमका रोगी छन्, यसको निदान हुँदैन, एलर्जीको संक्रमणपछि यस्ता बच्चाको उपचार गर्न निकै मुश्किल पर्छ ।’






प्रतिक्रिया दिनुहोस्...