केटीएम आरसी मोडलका दुई बाइक नेपाली बजारमा


काठमाडौ, पुस ५ – केटीएमका आरसी ३९० र आरसी २०० मोडलका नयाँ बाईक नेपाली बजारमा विक्रि सुरु गरिएको छ । हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिले एक कार्यक्रमको आयोजना गरि ती बाइक नेपाली बजारमा बिक्री सुरु गरेको जनाएको छ । युरोपमा एक नम्बर ब्राण्डका रुपमा स्थापित केटीएमले दुई ५० भन्दा धेरै विश्व च्याम्पियन टाइटल जितेको कम्पनीले जनाएको छ ।

केटीएम आरसी ३९० मा ४३ दशमलव ५ पिएसको गहन शक्ति, ३५ एनएमको टर्क, एबिएस, मेट्जरल टायर, डब्लुपिद्वारा तलमाथि हुने फोर्क, अल्मुनियमबाट निर्मित ह्याण्डल लगाएतका विशेषताहरु रहेका छन् । आधुनिक एरोडाइनामिक डिजाइन रहेको बाइकले नेपालमा उपलब्ध अन्य बाइकले भन्दा छुट्टै अनुभूति दिलाउने कम्पनीको दाबी रहेको छ । त्यस्तै केटीएम आरसी २०० २५ पिएसको शक्ति र १९ दशमलव दूई एनएमको टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । दुई सय सीसी मोटरसाइकलको समुहमा यो पुर्णत सुपरस्पोर्ट डिजाइन र बनौटमा पहिलो बनेको कम्पनीले दाबी गरेको छ । कम्पनीले मोटोजिपि रेसिङको २५० सीसी समूहको विश्वव्यापी मोटो थ्रिमा केटीएमले प्राप्त गरेको ान र अनुभवका आधारमा आरसी सिरिज निर्माण गरिएको जनाएको छ । कम्पनीले आरसी ३९० को बजार मुल्य ६ लाख ४९ हजार नौ सय रुपैयाँ तोकेको छ । त्यस्तै आरसी २०० को बजार मूल्य चार लाख ९९ हजार नौ सय रुपैयाँ कायम गरिएको जनाएको छ । कम्पनीको नक्साल स्थित शोरुमबाट केटीएमका नयाँ बाइक बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्...