विवाह मण्डपमा रहेका देवरलाई भाउजुले किस गरेपछि….
ओएस नेपाल, काठमाडौं, मंसिर २० – विवाह मण्डपमा बिहे गरिरहेका बेला एक्कासी बेहुलाकी भाउजुले देबरको गालामा किस गरेपछि बिहे भाँडिएको छ ।
विवाह भाँडिएपछि दुलही लिन गएको जन्ती रित्तै फर्किएको छ । भारतको अलीगढमा एक युवकको विवाह मण्डपमा सबैका सबै उनकी भाउजुले किस गरिन् । बेहुला र बेहुलीबाट सामाजिक सजाल फेसबुकबाट माया बसेपछि परिवारको मञ्जुरीमा विवाह हुँदै थियो । समाचारमा जनाइएअनुसार बरमालाको विधि पूरा गर्ने क्रममा बेहुलीले बहुलालाई माला लगाउने बित्तिकै भाउजुले मण्डपमै गएर देवरलाई चुमेकी थिइन् । चुम्बनपछि विवाह मण्डपबाट देवरलाई लगेर भाउजुले जर्बजस्ती आफूसँगै नचाइन पनि । त्यो देखेर दुलहीका आफन्त र परिवारले आपत्ति जनाए र दुलही नदिने बताए । त्यसपछि जन्ती घर फर्किए, तर बेहुला दुलहीतर्फका मानिसहरुको नियन्त्रणमा छन् ।(एजेन्सी)
