पूजा बोहोराका बलात्कारीलाई मृत्युदन्ड माग्दै सडकमा उत्रिए विद्यार्थी (भिडियो)


काठमाडौं, पौष ४ । महिला अस्मितामाथि आक्रमण गर्नेलाई कडा कारबाही हुुनुपर्ने माग गर्दै पद्यकन्या क्याम्पसका विद्यार्थीहरुले शुक्रबार विरोध प्रदर्शन गरेका छन् ।



विरोधका क्रममा उनीहरुले सवारी आवागमन अवरुद्ध गर्नुका साथै सडकमा नाराजुलुस गरे ।

बैतडीमा पूजा बोहोरामाथि सामूहिक बलात्कार गर्नेलाई मृत्युदन्डको सजाय दिनुपर्ने माग विद्यार्थीहरुको छ ।

महिला हिंसा रोक्न सरकारले प्रभावकारी काम नगरेको भन्दै प्रदर्शनकारीले आक्रोश व्यक्त गरेका थिए । पद्मकन्या क्याम्पस नेविसंघ ईकाइको नेतृत्वमा विरोध प्रदर्शनी गरिएको हो ।



,

प्रतिक्रिया दिनुहोस्...