ट्याक्सी चालकबाटै महिला यात्री बलात्कृत, ट्याक्सी सेवामाथि नै प्रतिबन्ध -


 काठमाडौं, मंसिर २२ । भारतको राजधानी दिल्लीमा उबर कम्पनीको ट्याक्सी सेवामाथि प्रतिबन्ध लगाइएको छ । गत शनिबार सो कम्पनीको ट्याक्सी सर्भिसका एक चालकले महिला यात्रीलाई बलात्कार गरेको आरोप लागेपछि दिल्ली सरकारले यो घोषणा गरेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

आरोपित चालकलाई तीन दिनका लागि प्रहरी हिरासतमा राखिएको छ । घटनालाई लिएर भारतमा तीव्र आक्रोश फैलिरहेको छ । पीडित महिलाले ‘मोबाइल एप’मार्फत् ट्याक्सी ‘बुक’ गरेकी थिइन । तर, चालकले ती महिलालाई सुनसान ठाउँमा लगेर बलात्कार गरेको बताइएको छ ।

केही समययता भारतमा बलात्कारका घटना बढ्न थालेपछि बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दैै प्रदर्शनहरु भएका छन् ।






प्रतिक्रिया दिनुहोस्...