गुगल सर्चमा मोदीभन्दा सनी लिओनअगाडि


मुम्बई– चर्चित पोर्नस्टारबाट बलिउडको यात्रा तय गरेकी अभिनेत्री सनी लिओनले गुगलको खोजी सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पछि पारेकी छिन्। गुगलले जारी गरेको ताजा सूचीमा सनी लिओन पहिलो नम्बरमा छिन्। वर्ष २०१४ मा सनी लिओनलाई सबैभन्दा बढीले मानिसले इन्टरनेटमा सर्च गरेका छन्।

सनी लिओनको फिल्म ‘रागिनी एसएमएस–२' यही वर्ष रिलिज मात्रै भएन हिट पनि भयो। सनीमाथि छायाङ्कन गरिएको गीत ‘बेबी डल' वर्षभरीको सबैभन्दा हिटमध्येको एक हो। गुगलले जारी गरेको सूचीमा प्रधानमन्त्री मोदी दोस्रो नम्बरमा छन्। यसैगरी सलमान खान र कटरिना कैफ क्रमशः तेस्रो र चौथो स्थानमा छन्। यसैगरी गुगलले सार्वजनिक गरेको विश्वको सूचीमा भने हलिउड अभिनेत्री २४ वर्षीय जेनिफर लरेन्सलाई सबैभन्दा बढी मानिसले इन्टरनेटमा 'सर्च' गरेका छन्। दोस्रो नम्बरमा अमेरिकी टेलिभिजन हस्ती किम करडासया छिन्।




प्रतिक्रिया दिनुहोस्...