९ करोडको अफर छोडिन् प्रियंकाले


बलिउडका चल्तीका कलाकारका लागि आम्दानीका श्रोत धेरै छन् । कोही चलचित्र खेलेर पैसा कमाउँछन् त कोही विज्ञापनबाट नै पैसा कमाउने गर्दछन् ।

बलिउड नायिका प्रियंका चोपडा पनि चलचित्र र विज्ञापनबाट राम्रो आम्दानी गर्ने सफल भएकि छिन् । उनै, नायिकाले एक बिहेमा नाचेको ९ करोड रुपैयाँको अफर नकारेकी हुन् । चन्डीगढका एक करोडपतिको बिहेमा नाचे वापत उनलाई ९ करोडको अफर गरिएको थियो । तर, उनले आफू चलचित्रको काममा व्यस्त भएको भन्दै अफरलाई नकारेको जनाइएको छ । प्रियंका यतिबेला आफ्नै होम प्रोडक्शनमा नयाँ चलचित्रको निर्माणको तयारीमा लागेकि हुन् । मधुर भण्डारकरले निर्देशन गर्न लागेको चलचित्रलाई समेत उनले समय दिन भ्याएकी छैनन् । यसैले, उनले बिहेका नाचेको ९ करोडको अफरलाई छोडेकी हुन् ।




प्रतिक्रिया दिनुहोस्...