शाहिदको विहेको फोटो खिच्ने नेपाली फोटोग्राफर


मंगलबार बलिउड अभिनेता शाहिद कपुर ले आफ्नी प्रेमिका मिरा राजपुतसँग लगनगाँठो कसे। विवाहको त्यो महत्वपूर्ण क्षणलाई सुन्दर तस्वीरमा कैद गर्ने कुरा हुन्छ नै। शाहिदको जीवनको त्यो महत्वपूर्ण क्षणलाई कैद गर्ने काम नेपालका फोटोग्राफर रोहन श्रेष्ठले गरेका हुन्। रोहन विगत एक दशकदेखि बलिउडमा यही पेसामा सक्रिय रहँदै आएका छन्।
उनले ट्विटरमा शाहिदको विवाहका महत्वपूर्ण पललाई कैद गर्ने आफ्नो क्रियूको फोटो आफ्नो ट्विटरमा पोस्ट गरेका थिए। रोहन बलिउड फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन्। उनी काठमाडौंका हुन्। उनले थुप्रै बलिउड सेलिब्रेटीहरुलाई आफ्नो तस्वीरमा कैद गरिसकेका छन्।
उनले तस्विरमा कैद गरेकाहरूको सूचीमा  सोनाक्षी सिन्हा, ज्याकलिन फर्नानडिज, नरगिस फाकरी, आलिया भट्ट, अभिषेक बच्चन, वरुण धवन, इमरान हास्मी लगायतका थुप्रै बलिउड स्टारहरु रहेका छन्।
सेतोपाटि





प्रतिक्रिया दिनुहोस्...