पर्यटन मन्त्री तत्काल राजिनामा देउः रामकुमारी झाँक्री
नेकपा एमालेकी केन्द्रिय सदस्य रामकुमारी झाँक्रीले एमालेभित्र अध्यक्षले आफ्नो मात्र निर्णय लागू गर्न खोजेको आरोप लगाएकी छन् । रफत सञ्चार क्लवले भक्तपुरमा गरेको कार्यक्रममा झाँक्रीले दुनियाँलाई चकित पार्दै सम्पन्न गरिएको महाधिबेशन र पार्टीमा छलफल नगरी निर्णय लागू गर्दा अन्य नेताले अध्यक्ष माथि आरोप लगाएको उनको दावी थियो ।
पूर्व कृर्षि मन्त्रीले मानहानीको मुद्दा लिएर अदालत जान्छु भन्नु घाँटीमा लगाएको सुर्के पासो भएको भन्दै झाँक्रीले भनिन, ‘जति यो मुद्धामा पराजुलीले अग्रसरता देखाउनु हुन्छ त्यती नै सुर्के गाँठो कसिदैं जानेछ ।’ त्यस्तै मन्त्रीका लागि योग्य नभएका संस्कृति तथा पर्यटन मन्त्री कृपासुर शेपाले तत्कालै राजीनामा गरिनु पर्ने उनले बताईन ।
पञ्चायतकालमा भन्दा पनि तल गएर आफ्नो पार्टीले मन्त्री बनाउन काम गरेको र यसैकारणले पनि पछिल्लो समयमा एमालेका मन्त्रीहरुको बद्नाम भएको उनले बताएन । कुनै पनि मापदण्ड नचाहिने र आर्शिवाद भए पुग्ने परम्पराले गर्दा एमाले भित्र जस्तो सुकै मान्छे पनि मन्त्री बन्न सक्ने झाँक्रीले बताइन ।
संविधानका मस्यौदाका बारेमा उनले भनिन्, ‘जे जस्तो मस्यौदा आयो राम्रो आयो तर जे आउनु पर्थ्यो त्यो आएन ।
अन्दोलनका मुद्दा सम्बोधन भएनन् । आफूहरुले यस्तो समयमा मुख खोल्दा अर्को जनमत तयार हुने भएकाले चुप लागेको उनको भनाई थियो ।
नेपालमा अहिले नागरिताको विषयले ठूलो हंगामा ल्याएको भन्दै उनले सबै पक्षले यसलाई सोचेर मात्र कार्यान्वयन गर्न आग्रह गरिन् । झाँक्रीले नागरिताका सवालमा कठोर नीति ल्याउनु नै नेपाल र नेपालीका हित हुने बताइन्।
उनले आफ्नो पार्टीको शिर्ष नेतृत्वले प्रदेशका सवालमा समेत विगतको अडानलाई लत्याएर एकाएक अध्यक्षले निर्णय गर्नुले समेत विभिन्न प्रश्न उब्जीएको बताइन ।

