युएईमा पाकिस्तानीको हत्याको आरोप लागेर मृत्युदण्डको सजाय सुनाइएका अनिश खालिङ नेपाल फर्किए
उमाकान्त पाण्डे - नेपाल पुगेपछि मात्र आधिकारिक जानकारी कुटनितिक माध्यममार्फत आउँछ ।’ चार वर्षअघि युएई आएका राईलाई आफ्नै सहकर्मी पाकिस्तानी नागरिकको हत्या गरेको अभियोग लागेको थियो ।संखुवासभाको मत्स्यपोखरीका अनिश युएई आएको एकवर्ष पछि २०६९ साल कात्तिकमा जेल चलान गरिएको थियो । उहाँलाई युएईको अलऐन जेलमा राखिएको थियो । नेपाल फर्काउन उहाँलाई एकहप्ता अघि नै जेल प्रशासनले कैदी रिहा गर्ने विभाग पुर्याएको थियो ।
स्थानिय प्रशासनले अनिशको बाँकी २ बर्षको जेल सजाय मिनाह गरिदिएपछि नेपाल फर्काइएको एनआरएन युएईका अध्यक्ष कृष्ण भुसालले जानकारी दिनुभयो । भुसाल अनिशको मुद्दालाई नेपाली दूतावास र विभिन्न अधिकारवादी संघसस्थासँग समन्वय गरेर काम गर्ने व्यक्ति हुनुहुन्छ ।
