वास्तु दोषलाई यसलाई हटाउँछ ‘फिश एक्वेरियम


तपाईंहरु सबैलाई थोरै भएपनि वास्तु दोषको बारेमा थाहा होला तर के तपाईंलाई तपाईंको घरमा भएको एक्वेरियम पनि वास्तु दोषको कारण बन्न सक्ने कुराको जानकारी छ ? तपाईंको घरमा भएको एक्वेरियममा आठवटा माछा नभई नौ वटा राख्नुपर्छ । एक्वेरियमलाई सधैँ भिन्न भिन्न ठाउँमा नभई एउटै ठाउँमा राख्नुपर्ने हुन्छ र उनीहरुलाई खाना पनि एउटै व्यक्तिले दिनुपर्छ । एक्वेरियमलाई निकै सफा गरेर राख्नुपर्छ । फिल्टर्स, एरियसन आदि सबै सामग्रीहरु सहि तरिकाले चल्नुपर्ने हुन्छ । एक्वेरियम वास्तु दोषको मुख्य कारण बन्न सक्छ त्यसकारण यसलाई टाढा राख्नका लागि निम्न कुराहरुमा ध्यान दिनुहोस्ः 


१. घरमा माछा राख्नु शुभ सगुन हुने गर्दछ । माछाहरुले घरको नराम्रो नजरबाट टाढा राख्न मद्दत गर्दछ त्यसकारण माछालाई आफ्नो घरमा राख्नु निकै लाभदायक मानिन्छ । 

२. यदि तपाईंले पालिएको माछा प्राकृतिक रुपमा मर्दछ भने तपाईंको घर अथवा अफिसको समस्या पनि खत्तम हुने आम मानिसहरुको धारणा छ । 

३. माछाको पालन गर्दा घर र कार्यालयमा निकै राम्रो सकारात्मक उर्जाको संचार हुने गर्दछ । 

४. जब तपाईं थाक्नुभएको हुन्छ तब माछाहरुलाई हेर्दा तपाईंको दिमागलाई आराम महसुस हुने गर्दछ र आनन्दको वातावरण बन्ने गर्दछ ।

 ५. यदि तपाईंलाई आफ्नो घर र अफिसमा केहि समस्या आइरहेको छ भन्ने भान भएमा त्यसको अर्थ वास्तुमा केहि दोष छ । यसलाई सुल्झाउनका लागि घरमा वा अफिसमा एक्वेरियम राख्नुहोस् । यसले समस्याको समाधान पनि हुनेछ र निकै मात्रामा पैसाको पनि आर्जन हुनेछ । 

६. माछालाई दाना दिँदा घरमा सकारात्म उर्जाको संचार हुने गर्दछ । 

७. माछाहरु निकै सक्रिय हुने गर्दछन् जसले हामीलाई भित्र देखि नै प्रोत्साहित गर्ने गर्दछ । 

८. एक्वेरियम राख्दा घरको वातावरणमा सकारात्मक उर्जा पैदा भई नकारात्मक उर्जाको संचारलाई रोक्ने गर्दछ । 

९. वास्तु शास्त्रका अनुसार, एक्वेरियममा धेरै पानी राखिएको हुन्छ जसले भारलाई सहि तरिकाले ब्यालेन्स गर्ने गर्दछ । भारलाई ब्यालेन्स गर्नका लागि एक्वेरियमलाई हल वा बरान्डाको साउथ वेस्ट कुनामा राख्न आवश्यक छ । यहाँ राख्दा घरमा आउने सबै मानिसहरुको नजर त्यहाँ पर्ने गर्दछ । 

१०. चीनियाँ फेंग सुईका अनुसार माछालाई घरमा राख्दा ची नामको उर्जा प्रतिपादन हुने गर्दछ जसले धन र स्वास्थ्यलाई बढाउने गर्दछ ।






प्रतिक्रिया दिनुहोस्...