सेक्समा सन्तुष्टि भएन के गर्नु पर्छ ? ल यसो गर्नुस्


मेडिकल साइन्सका अनुसार यौनसम्पर्कका बेला शरीरमा हुने विभिन्न परिवर्तन र चरमानन्दको प्राप्तिलाई चरमसुख भनिन्छ। यो चरणमा योनीका मांसपेसीहरू खुम्चने र फैलने गर्छन् र यसै बाट सुख अनुभूति हुन्छ । यो अवस्थामा पुग्दा मुटुको धड्कन तीव्र हुन्छ, शरीरमा रक्तप्रवाह बढ्छ, हार्मोनल परिवर्तन आउँछ, मसल्स खुम्चिन्छ र न्तमा इज्याक्युलेसन हुन्छ । पुरुषको तुलनामा महिलाले सहज रूपमा चरमसुख अनुभव गर्दैनन्।

गहिरो श्वास-प्रश्वास लिनुपर्छ
चरमसुखको सुखद् अनुभव हाम्रो पूरा शरीरले गर्छ र यसको प्रारम्भ श्वास-प्रश्वास बाट हुन्छ। चरमसुखको सुखद् अनुभवको आनन्द उठाउन श्वाससित खेल्नु पर्छ। सहवासका बेला श्वासतर्फ ध्यान दिनु पर्छ। श्वास कहिले गहिरो हुन्छ त कहिले कम हुन पुग्छ। चरमसुख नजिक पुग्ने बित्तिकै गहिरो श्वास लिदै छोड्नु पर्छ। अक्सिजनले शरीरको रक्तप्रवाहलाई तीव्र गर्छ। यस बाट चरम सुख प्राप्ति सहज हुन्छ। जति बढी अक्सिजन लिइन्छ, चरमानन्द उति नै रमाइलो र स्थायी हुन्छ।
शरीर सित खेल्नु पर्छःयौनसम्पर्कका बेला शरीरलाई सक्रिय राख्नु आवश्यक छ। अधिकांश महिला यो अवस्था सम्म पुगे पछि शरीरलाई एकदम कडा पार्छन्, जुन गलत हो। राम्रो र सुखद चरमसुखका लागि शरीरको पर्याप्त प्रयोग गर्नुपर्छ। अलग-अलग शारीरिक गतिविधि प्रयोग गर्नुपर्छ।
कामोत्तेजक अंगको प्रयोग
चरमसुख अनुभव गर्न यौनाङ्गतर्फ मात्र ध्यान केन्द्रित गर्नुको साटो अरू कामोत्तेजक अंगहरू जस्तै नितम्ब, ओ ठ, स्तन, पिठ्युँ, कानको आसपासको भाग, स्तनको मुन्टो आदि अंगलाई प्रेमपूर्वक सुमसुम्याउनुपर्छ, चुम्बन गर्नुपर्छ र साथीलाई पनि यसो गर्नका लागि प्रेरित गर्नुपर्छ।





प्रतिक्रिया दिनुहोस्...