राजेशको मोबाइल र फेसबुकमा आकर्षण बढ्दैं
कुनै समय थियो, जतिबेला नायक राजेश हमाल मोबाइल नै बोक्दैनथ्ये । राजेश हमालले मोबाइल नबोक्दा उनलाई सम्पर्क गर्न अप्ठ्यारो भएको गुनासो चलचित्रकर्मी र पत्रकारको थियो ।
तर, हमाल बिस्तारै परिवर्तीत भएका छन् । यतिबेला, नायक हमालको गोजीमा आइफोन छुट्दैन । एक भेटमा हमाल पत्रकार र कलाकारलाई मोबाइलमा तस्बिर र भिडियो देखाउन नै व्यस्त देखिएका थिए । हमालले आफूले मोबाइल बोक्नुको कारण, कुनै मन परेको दृश्य कैद गर्नु र विदेशबाट आउने फोन उठाउनु रहेको खुलाएका छन् । यतिबेला, हमालको मोबाइलमा उनका थुप्रै तस्बिर र भिडियो कैद छन् । उनी, आफ्नो मन मिल्ने साथी र पत्रकारलाई फोटो र तस्बिर देखाइहाल्छन् । हमालको यो परिवर्तीत बानीले धेरैलाई अचम्ममित तुल्लायको छ । फेसबुकमा एकाउन्ट खोलेपछि हमालको मोबाइल र तस्बिर मोह समेत बढन गएको हो । उनले आफू अब चाडै नै ट्विटरमा पनि आउने बताएका छन् । फेसबुकमा हमाल आफ्नो र पत्नी मधुको विभिन्न तस्बिर पोष्ट गरेका छन्।
