पेट्रोलमा ७ र डिजेल–मट्टितेलमा साढे ५ रुपैयाँ भाउ घट्यो


काठमाडौं, पौष ४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सन्चालक समितिको शुक्रबार बसेको बैठकले खाना पकाउने ग्यास बाहेक अरु पेट्रोलियम पदार्थको भाउ घटाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ भाउ घटाएको हो । यसअघि एक सय २३ रुपैयाँ प्रतिलिटर रहेको पेट्रोलको भाउ अब ११६ रुपैयाँ कायम गरिएको छ ।
निगमले डिजेलर मट्टितेलको मूल्य पनि लिटरमा साढे ५ रुपैयाँले घटाएको छ । डिजल र मट्टितेलको मूल्य ९७ रुपैयाँ ५० पैसाबाट घटाएर ९२ रुपैयाँ कायम गरिएको छ । निगमले हवाइ इन्धनको मूल्य पनि लिटरमा १० रुपैयाँ घटाएर १३३ रुपैयाँ कायम गरेको छ ।

निगमले खाना पकाउने ग्याँसमा भने अझै धेरै घाटा रहेको भन्दै मूल्य नघटाएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ११५ अमेरिकी डलर रहेको पेट्रोलको मूल्य ६२ डलरमा झर्दा पनि नेपालमा भने मूल्य नघटाइएको भन्दै आलोचना हुँदै आएको थियो ।

प्रधानमन्त्रीले वाणिज्य तथा आपूर्तिमन्त्रीलाई मूल्य घटाउन निर्देशन दिएसँगै निगमले मूल्य घटाएको हो । 




,

प्रतिक्रिया दिनुहोस्...