कतारमा चार सय नेपालीले ज्यान गुमाए
रुपमा सन् २०२२ को विश्वकप फुटबलको आयोजना गर्न पाएको खाडी मुलुक कतारको रंगशाला निर्माणमा खटेका आप्रवासी कामदारको चरम शोषण भएको विवरण सार्वजनिक भए लगत्तै कतार सरकारले उनीहरुको अवस्था सुधार गर्ने बचन दिए पनि उल्लेखनीय सुधार हुन सकेको छैन ।
कामदारलाई पेटभरी पानी समेत नदिने गरिएको, साँघुरो कोठामा धेरैलाई राखिएको, न्यून ज्याला दिएको लगायतका विवरण सार्वजनिक भएपछि कतारको हातबाट विश्वकपको आयोजक खोस्न पनि माग गरिएको थियो । यस्ता आवाजको सम्बोधन गर्दै कतार सरकारले आवश्यक सुधार गर्ने बचन दियो । तर, परिणाम उस्तै । कतारमा नेपाली, बंगलादेशी, भारतीय लगायत दक्षिण एसियाली कामदार बढी छन् । यसबीचमा रंगशाला बनाउने क्रममा चार सय बढी नेपाली युवाको ज्यान गएको समाचार छ । प्रेस टीभी डट कमले प्रकाशित गरेको समाचार अनुसार सन् २०१० देखि २०१३ सम्म ४ सय नेपालीले ज्यान गुमाइसकेका छन् । यही दरमा ज्यान गुमाउने क्रम बढ्ने हो भने रंगशाला बनिसक्दासम्म चार हजार बढी नेपालीले ज्यान गुमाउने अवस्था आउने प्रवासी नेपाली संघ कतारको भनाइ छ । गत सेप्टेम्बरमा मात्रै रंगशाला निर्माणका क्रममा ३६ जना नेपालीले ज्यान गुमाएको उल्लेख गर्दै प्रेस टीभीले नेपालसँगै अन्य देशका कामदारको पनि मृत्युदर उच्च रहेको जनाएको छ । यसअघि बेलायती पत्रिका गार्जियनले पनि नेपालीहरुको उच्च दरमा ज्यान गइरहेको तथ्य बाहिर ल्याएको थियो । प्रवासी नेपाली संघ कतारले फिफा र कतार सरकारले २०२२ को विश्व कपको लागि स्टेडियमसहितको दुनियाँलार्इ आश्चर्यमा पार्ने संरचना बनाइरहेका मजदुरको सुरक्षा सुनिश्चित गर्ने बाचा मजदुरको यो भयावह दरको मृत्युले झुठो सावित गरेको जनाएको छ । रंगशाला निर्माणका क्रममा ज्यान गुमाउने आप्रबासी कामदारको संख्या उच्च रहेपछि कामदारको सुरक्षामा उच्च सतर्कता अपनाउन विश्व फुटबल महासंघले यसअघिबाटै कतार सरकारलार्इ आग्रह गर्दै आएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रवासी श्रमिकका पक्षमा बोल्दै आएको बिल्डिङ एन्ड उड वर्कर इन्टरनेशनल ९बिडब्लुआर्इ० ले पनि रंगशाला बनाउने क्रममा ज्यान गुमाउने नेपालीको संख्या चार सय पुगेको जानकारी दिएको छ ।
