मलेसियामा २९ नेपालीलाई बन्धक बनाइयो
- नेत्र बिमली
मलेसिया ,फागुन ४– वैदेशिक रोजगारीको सिलसिलामा झण्डै महिनाअघि मलेसिया आएका २९ जना नेपाली कामदारलाई त्यहाँको कम्पनीले ४ दिनदेखि बन्धक बनाएको छ ।
इन्टरनेशनल म्यानपावर रिक्रुमेन्ट प्रालीबाट टुस्कर ट्रान्समिसन कम्पनीमा गाडीको बेल्ट बनाउने काममा पुगेका उनीहरुलाई सम्झौता अनुसारको काम र तलब नदिइ कोठामा थुनेर बन्धक बनाएर राखिएको हो ।
पीडित नेपालीहरुका अनुसार उनीहरुलाई खाद्यान्न नदिइ एउटा कोठामा थुनेर राखिएको छ भने बिजुली र टेलिभिजनको लाइनसमेत काटिइएको छ ।
पीडित निशान खत्रीले ४ दिनदेखि खाद्यान्न पनि नदिएर होस्टलको एउटै कोठमा २९ जनालाई कोचेर राखेको बताए।
नेपालबाट आउँदा एउटा काम र तलब भनेपनि यहाँ आएपछि फरक काम र तलब भएपछि कम्पनी मालिक सँग कुरा गर्दा मालिकले बाहिर पनि जान नदिने र खाद्यान्न पनि नदिने गरेको बताए। ओभरटाइम र तलब गरेर १२ सय ३७ रिंगेट हुने भन्दै त्यहाँ पुगेका उनीहरुले त्यो रकम नपाएको र पछि कम्पनीसँग कुरा गर्दा थुनिएको र उद्दारको पहल गर्दा कतै सुनुवाई नभएको उनीहरुको गुनासो छ ।
उनीहरुले उद्दारको पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेका छन् ।