पति ‘नामर्द’ भएपछि सासुले बुहारीलाई भनिन्- ‘जेठाजूसँग यौनसम्पर्क राख्नुस


एजेन्सी - जनपदको बावल क्षेत्रमा एक महिलाले ससुराली परिवारमाथि गम्भीर आरोप लगाउँदै आफ्ना पतिलाई ‘नामर्द’ भएको आरोप लगाएकी छिन् । जसका कारण गाउँ पञ्चायतले दुबैबीच सम्बन्ध विच्छेद गर्ने सम्झौता गराएको छ । यसको साथै महिलाले जेठाजू माथि यौन दुव्र्यवहार गरेको तथा ससुरालीमाथि दाइजो नल्याएको भन्दै यातना दिएको आरोप पनि लगाएकी छिन् । 



उनले यो विषयमा कसौला थाना पुलिसमा उजुरी दर्ता गराएकी छिन् । पुलिसमा दर्ता भएको उजुरीमा नवविवाहिता महिलाले भनेकी छिन् कि गत मे महिनामा उनको विवाह कनीना क्षेत्र निवासी सञ्जीतसँग भएको थियो, तर उनका पति ‘नामर्द’ निस्किए । विवाहको केही दिनपछि विवाहित महिला माईत गइन् । माईतीले उनलाई सम्झाई बुझाई लोग्ने जस्तोसुकै भएपनि स्वीकार गर्नुपर्छ भनेर ससुराल घर पठाए । 
आरोप छ कि जून दिन ती महिला ससुराल गईन् उसै दिन रातमा उनका जेठाजू सुनील कोठामा आएर उनीसँग शारीरिक सम्पर्क राख्ने प्रयास गरे । उनका अनुसार यो कुरा सासुलाई सुनाउँदा सासु तथा परिवारका अन्य सदस्यहरु पनि उनलाई जेठाजूसँग अवैध सम्बन्ध राख्न दबाब दिन थाले । त्यसपछि दुबै पक्षबीच सामाजिक पञ्चायतमा सम्बन्ध विच्छेद गर्ने सम्झौता भयो, विवाहको सामाग्री फिर्ता दिने र ६ लाख ४० हजार रुपैया फिर्ता दिने सहमति भयो । 
तर, ससुराली पक्षले यो सहमतिलाई कार्यान्वयन गर्न आलटाल गरे । त्यसपछि यो मुद्दा प्रहरीमा पुगेको हो । पुलिसले यौन शोषण, घरेलु हिंसा र यातना ऐनमा ससुराली पक्षविरुद्ध मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।






प्रतिक्रिया दिनुहोस्...