पोर्न फिल्ममा जस्तै दृश्य नक्कल गर्न नमानेको आरोपमा लोग्नेबाट गोँदाइ खानुपरेपछि .त्यसको बदलामा लोग्नेको घाँटी चट्
एउटाजर्मन पोर्न फिल्ममा देखाइएको जस्तै यौनकार्य गर्न अस्विकार गरेको आरोपमा श्रीमतीमाथि कुटपिट गर्ने एक पुरुषलाई उनकै श्रीमतीले घाँटी रेटेर हत्या गरेकी छिन् ।
घटना टर्कीको हो । टर्कीको मध्य स्पार्टा क्षेत्रकी गोनुल एस नामकी ४९ वर्षीया महिलाले पोर्न फिल्मको दृश्य नक्कल गर्न नमानेको आरोपमा लोग्नेबाट गोँदाइ खानुपरेपछि त्यसको बदलामा लोग्नेको घाँटी छिनालेकी हुन् ।
मुद्दा चलाउने अधिकारीहरुसँगको बयानमा ती महिलाले आफ्नो ६७ वर्षे लोग्नेको हत्या गर्नुको कारण खुलासा गरिन् । आफुलाई जिवनमा खुसी राख्ने कसम खाएपछि आफुले ६७ वर्षे बुढासँग बिहे गरेको भन्दै उनले बिहेपछिका २० दिनसम्म बुढाकेा व्यवहार राम्रै रहेको भएपनि त्यसपछि आफुमाथि बुढोले हिंसा गर्न सुरु गरेको बताइन् ।
लोग्नेले रातभर जर्मन पोर्न फिल्म हेर्ने र अर्को बिहान भएपनि रातमा हेरेका पोर्न फिल्मका दृश्यमा जस्तै गरी सेक्स गर्नका लागि आफुलाई निर्देशन दिने गरेको भन्दै उनले त्यसो गर्न नमानेमा आफुलाई कुट्ने गरेको बताइन् ।
उनले यस विषयमा प्रहरीमा उजुरी समेत गरिन् । तर उजुरी पछि बुढाको त्यस्तो कृत्य तथा अत्याचार झनै बढ्यो । एकदिन त यस्तै विवादमा उनको झट्केलो छोराले यौन पिपासु बुढो माथि झटारोले नै प्रहार गर्यो ।
अत्याचार निकै बढेपछि भान्साको चक्कुले लोग्नेको घाँटी रेटेर हत्या गरेको गरी उनले प्रहरी समक्ष आफै आत्मसमर्पण गरिन् ।
टर्किस अधिकारीहरुका अनुसार देशमा वर्षेनी घरेलु हिंसामा परेर कैयौँ महिलाहरुले ज्यान गुमाउने गरेका छन् । त्यस्तै महिलाले आफुमाथिको हिंसाको प्रतिकार गर्ने क्रममा केही पुरुषहरुको समेत ज्यान जाने गरेको अधिकारीहरुले बताएका छन् ।
पोर्न फिल्मको विवादमा लोग्नेको घाँटी रेट्ने ती महिलामाथि मुद्दाको प्रक्रिया अघि बढिरहेको बताइएको छ ।