कलैंयामा कांग्रेस–एमालेका पार्टी कार्यालय तोडफोड भएको छ । सरकारले कलैयाका रहेको केहि महत्वपुर्ण सरकारी कार्यालयहरु सिमरामा सार्ने निर्णय गरेपछि आन्दोलित कलैयााबासिले शुक्रबार कांग्रेस–एमालेका पार्टी कार्यालयमा तोडफोड गरेका हुन ।
सरकारले कलैयामा रहेको मालपोत कार्यालय , भुमि सुधारको कार्यालगाएतका केहि महत्तपुर्ण कार्यालयहरु सिमरामा सार्ने बताएको थियो ।
मालपोत कार्यालय थप्ने निर्णयको विरोधमा उत्रिएको उद्योग बाणिज्य संघले छ दिन अघि आन्दोलन घोषणा गरेको थियो । त्यसको समर्थनमा उत्रिएका प्रदर्शनकारीले शुक्रवार सुरुमा कलैयास्थित एमाले पार्टीकार्यालय तोडफोड गरेर केही बेरमै नजिकै रहेको कांग्रेसको पार्टी कार्यालय पनि तोडफोड गरेका थिए । तोडफोड रोक्न पुगेको प्रहरीलाई प्रदर्शनकारीले प्रतिकार गर्दा केहीवेर झडप भएको थियो । सो क्रममा प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ ।
उनिहरुले आफुहरुको समाचारलाई मुख्य समाचार नबनाएको भन्दै कान्तिपुर दैनिकको गाडी तोडफोड गरेका छन् । लगातार ६ दिनदेखिको आन्दोलनको कारण कलैयाको जनजीवन अस्तब्यस्थ बन्न पुगेको छ ।
कांग्रेस–एमालेको कार्यालय तोडफोड,पत्रिकाको गाडी जलाइयो