भ्यालेन्टाइन डेमा यसरी कुटिए मायालु जोडी
फोटो :एजेन्सी
काठमाडौं : विश्वभरका मायालु जोडीहरु एकअर्कामा हराइरहेका बेला भारतमा भने उनीहरुले कुटाई खानुपरेको छ । भ्यालेन्टाइन डे विरुद्द सडकमै उत्रेको भारतको उत्तर प्रदेशस्थित एउटा दलका कार्यकर्ताले पार्कमा रमाइरहेका मायालु जोडीलाई खोजी खोजी कुटे ।
भ्यालेन्टाइन डेले भारतीय संस्कृतिमाथि अतिक्रमण गरेको भन्दै उत्तर प्रदेशस्थित बजरंगी दलका दर्जनौँ कार्यकर्ता लाठीसहित सडकमा उत्रेर प्रेमीजोडीमाथि आक्रमणमा उत्रेका हुन्
उनीहरुले पार्कमा बसेका प्रेमी जोडीलाई खुलेआम कुटेर आतंक मच्चाएका हुन् । लखनुको हतरजगञ्जमा नाराबाजीसहित सडकमा उत्रेका उनीहरुले आफूलाई भारतीय संस्कृतिका रक्षक बताएका थिए । उनीहरुले भ्यालेन्टाइन डेलाई देश र संस्कृतिको दुष्मनको संज्ञा दिएका छन् ।
बजरंगी दलका कार्यकर्ताका अगाडि कसैको केही लागेन । उनीहरुले भेटेजति युगल जोडीलाई नियन्त्रणमा लिँदै कुटेका थिए । उनीहरुको कुटपिटबाट केही प्रेमी जोडी समेत घाइते भएको भारतीय सञ्चारमाध्यले उल्लेख गरेका छन् ।