सार्बजनिक गाडीको भाडा घट्यो (भाडादर सहित)


२७ माघ, काठमाडौं । सरकारले सार्बजनिक यातायातका साधनको भाडा घटाएको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएअनुसार भाडा दर समायोजन गरेको जानकारी दिएको छ ।
busकाठमाडौं उपत्यका र तराईका जिल्लामा चल्ने सार्बजनिक यातायातका बसमा २ दशमलव ३ प्रतिशत मात्रै भाडा घटाइएको छ ।
यसअनुसार पहिलेको भाडामा ४७ पैसादेखि ७२ पैसासम्म मात्रै भाडा घटेको छ । काठमाडौं उपत्यकामा १३ रुपैयाँदेखि अधिकतम २५ रुपैयाँसम्म भाडा छ ।
पहाडी जिल्लामा चल्ने बसहरुमा ४ दशमलव ३७ प्रतिशत भाडाघटाइएको छ ।
मिटर जडित ट्याक्सीमा १ दशमलव ६ प्रतिशत र तराई क्षेत्रमा ढुवानी गर्ने ट्रक लगायतका सवारी साधनमा ५ दशमलव २८ प्रतिशत भाडा घटाइएको छ । पहाडतर्फ नारायण-पोखरा-नारायणगढ-काठमाडौंको हकमा भने ४ दशमलव ३७ प्रतिशत भाडा घटेको छ ।
Ktm bhada
काठमाडाै उपत्यकाकाे भाडादर
यस्तो छ प्रमुख शहरहरुको भाडादर   
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य कायम गरिएपछि सार्वजनिक सवारी साधनमा पनि भाडा घटाइएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य काम गरिएपछि दोस्रो पटक सार्वजनिक सवारी साधनको भाडा घटाइएको हो ।
दोस्रो पटक भाडा घटाइए पनि छोटो दूरीमा भाडा घटेको महशुश हुन सकेको छैन । यसपटक पनि छोटो दूरीमा दुईदेखि तीन प्रतिशत मात्रै भाडा घटाइएकोले यात्रुले भाडा घटेको महशुस गर्न नपाएका हुन् ।
लामो दूरीमा भने भाडा घटेपछि यात्रुले केही राहत महशुस गर्ने भएका छन् । मंगलवारबाट नै लागू हुने गरी घटाइएको लामो दूरीको भाडा अनुसार काठमाडौदेखि वीरगञ्जको २ सय ७० किलोमीटर दूरीको भाडा पाँच सय २६ रुपैयाँबाट घटाएर ५ सय १५ रुपैयाँ कायम गरिएको छ ।
काठमाडौ-धरानको भाडा एक हजार १४ बाट ९९३, काठमाडौ-विराटनगर एक हजार १६ बाट ९ सय ९९५ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, काठमाडौ-काकडभिट्टाको भाडादर एक हजार एक सय ४१ रुपैयाँबाट घटाएर एक हजार एक सय १८ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, काठमाडौ-इलाम रु. १३१२ बाट घटाएर रु. १२८५, काठमाडौ-पोखरा रु ४ सय १६ बाट ४ सय ८, काठमाडौ- बुटवल रु.५०५ बाट रु.४९५, काठमाडौ-भैरहवा रु. ५४६ बाट घटेर रु.५३५ कायम गरिएको छ ।
यसैगरी, काठमाडौ-सुर्खेत रु.११८० बाट रु. ११५६, काठमाडौ-धनगढी रु.१२८६ बाट रु.१२६०, वीरगञ्ज-नेपालगञ्ज रु.९२५ बाट घटाएर रु.९०६ कायम गरिएको छ ।

व्यवस्थापिका-संसदको विकास समितिले मंगलबार सार्वजनिक यातायातको भाडा दुई दिनभित्र घटाउन सरकारलाई निर्देशन दिएको थियो ।
विद्यार्थी र उपभोक्ता अधिकारवादीहरुले पनि इन्धनको मूल्य घटे पनि गाडी भाडा नघटाइएको भन्दै सरकारको आलोचना गर्दै आएका थिए ।






प्रतिक्रिया दिनुहोस्...