भ्यालेन्टाइनमा ‘आइलभ्यू’ भन्नेको फोनले दिक्क


अफिसको काम सकेर घर पुग्दा ८ बजिसकेको हुन्छ । राति १० बजे खाना खाने नियमित सेड्युल हो । त्यसपछिको डेढ दुई घण्टा लेखपढ र टेलिभिजन हेरेर बिताइन्छ ।

rajeshwariभ्यालेन्टाइनडेको अघिल्लो रात १२ बज्न केही मिनेट बाँकी हुँदा मोबाइलमा लगातार बजेको रिङले नजिकै आइसकेको निन्द्रा भड्कायो । बारम्बार आइरहेपछि फोन उठाउनै प¥यो । रातिको समयमा कसैलाई आपतविपत परेर पो फोन गरेको हो कि ? कोही बिरामी परेर वा कोही बितेर पनि फोन आउन सक्छ । यही सोचेर चिनेका र नचिनेका सबै नम्बरबाट आएका फोन उठाउने बानी छ । हल्काफुल्का राजनीति गरिटोपल्ने मान्छे । फोन आयो भनेर झण्झट मान्ने कुरा पनि भएन । पहिलो फोन उठाएँ । ‘हेल्लो’ शब्दमै परिचत मानिसको आवाज सुनियो । केही समस्या भएर रातिमा फोन गरेको होला भन्ने ठानेंर सोधें ‘रातिमा फोन किन ?’ मेरो प्रश्नको जवाफ थियो, ‘ल थाहा छैन, १२ बजेबाट भ्यालेन्टाइन डे सुरु भयो ।’ मलाई बाल मतलब । जे सुकै सुरु होस् । उसले केहीबेर गनगन सुनायो । ल तिमीलाई भ्यालेन्टाइन डे ‘वीस’ गर्न अबेरसम्म नसुतेर बसेको । यस्तो टर्रो कुरा किन ? मेरो मन सजिलै नपग्लिएपछि उसले अनुनय गर्न थाल्यो । भोलि उज्यालो भएपछि ‘वीस’ गर्नुहोला भनेर फोन राखिदिएँ । दोहो¥याएर फोन गरेन । सायद मबाट आशा मरेपछि अर्कै ऊ केटीलाई फोन गर्न थाल्यो होला ।
दोश्रोपटक पनि चिनेकै मानिसको फोन आयो । अघिल्लोभन्दा पछिल्लोसँग नजिकको सम्बन्ध छ । भेटघाट पनि बाक्लै हुन्छ । भेटेको बेलामा राजनीतिकै कुरा बढी हुन्छ । उमेर हाम्रो उस्तै हो । बहस गर्दा कतिपय विषयमा कुरा पनि मिल्छ । साथी ठानेर कहिले काहीँ मनका कुरा पनि शेयर गरिन्छ । तर उसले ठानेछ कि ‘केटी मसँग फिदा छे ।’ मेरो स्वभाव सबैसँग हाँसेर बोल्ने छ । जो युवती वा महिला खुलेर कुरा गर्छ । पुरुषहरु सोच्छन् कि ‘यसलाई पट्याउन कुनै आइतबार छैन ।’ उसभित्र रहेको पुरुषत्वको भूतले मलाई पनि त्यस्तै ठान्यो । र भन्यो ‘ह्याप्पी भ्यालेन्टाइन डे, आइलभ यू ।’
उसको जे सुकै सोच होस् मलाई मतलब भएन । धन्यवाद भनिदिएँ । किनकी म ठान्छु माया गर्छु भन्नु नराम्रो कुरा होइन । आमा, बा, दाजु, दिदी, बहिनी, काका, काकी सबैलाई ‘लभ यू भन्न सकिन्छ । फगत केटा र केटीको सम्बन्धलाई मात्र मायाँको परिभाषा हो र ? मलाई ठान्छु जसले मलाई फोनमा मया गर्छु भन्यो, उसले माया गरेको होइन, उभित्र दबिएर बसेको स्वार्थ बाहिर पोखिएको हो । यदि साँच्चै माया गथ्र्यो भने उसले मलाई यसअघि किन यो कुरा भनेन ? के भ्यालेन्टाइन डे नै माया गर्नका लागि पण्डितजीले जुराइदिएको शुभसाइत हो र ? खैर धन्यवाद भनेर फोन राखिदिएँ । आफूलाई माया गर्छु भनिरहेको छ । माया गर्छु भन्नेलाई मध्यरातमा के गाली गर्नु ?
फोन गर्नेहरु त लाइनमा । फोन कति ब्यस्त हो ? तेश्रोपटक फोन गर्नेको प्रश्न थियो । ऊ मलाई पहिल्यैदेखि मन पराउँथ्यो । त्यसैले मलाई गाह्रो भएन उसले भन्ने खोजेको कुरा । माया गरेको हुनाले सायद उसले ममाथि आफ्नो बढी हकको दाबी गरेको थियो । त्यसैले ‘हेल्लो’ को औपचारिकता समेत पुरा नगरी ‘फोन कति ब्यस्त हो ? भनेको ।
अब म ढुक्क भइसकेकी थिएँ । पक्कै उसले पनि मलाई अघिल्ला दुईटाले जस्तै ह्याप्पी भ्यालेन्टाइन डे भन्छ र आइलभयू भन्न छुटाउँदैन । उसले त्यही ग¥यो । जे अगाडि भएको थियो । मेरो जवाफ र प्रक्रिया पनि उस्तै । भित्ताको घडीले एक बज्न केही मिनेट बाँकी देखायो । त्यसपछि वाइयात फोनहरु उठाएर निन्द्रा बिगार्नु ठीक थिएन । रिङ बजिरहेको थियो । साइलेन्समा राखेर सुतें । बिहान उठ्दा भाइबर, फेसबुक र मोबाइमा गरेर झण्डै पाँच दर्जन मिस कल थियो । अघिपछि कार्यव्यस्तता वा बाटोमा भएका बेला थापा नभएर फोन उठाउन नपाउँदा चिनेको नम्बरमा ‘कल ब्याक’ गर्ने बानी छ । तर भ्यालेन्टाइनको बिहान त्यसो गरिन । सबै आइलभयूकै फोन थिए । कल ब्याक गरेर मोबाइलको पैसा सत्यानास किन गर्नु ?
बिहान र दिउँसभर फोन आयो । दिक्क लाग्ने उही पुरानै कुरा । कोही घुम्न जाउँ भन्ने । आजको दिनमा पनि घरमा बस्ने ? यस्तो कुरा धेरैले गरे । घरमै छु भन्दा केहीले पत्याएनन् । बाहिर ‘ब्याइफ्रेण्डसँग होला, हामीलाई गफ दिएको’ भन्नेहरु पनि भए । के साँच्चै माया गर्ने हो भने घुम्न जान, माया गर्न कुनै भ्यालेन्टाइन डे नै कुर्नुपर्ने हो र ? अरु दिनहरुमा माया गर्नै नपाइने ?
नेपाली माटोमै जन्मिएको आमा खुवाउने मौलिक पर्वबारे थाहा छैन । बाबु खुवाउने औंसीको पत्तो छैन । दसैं तिहारको मौलिकतामा खण्डीकरण हुँदै गएको छ । ल्होसारको बाहुन क्षेत्रीलाई मतलब छैन, छठ के हो पहाडियालाई थाहा छैन । तर सात समुन्द्रपारिको भ्यालेन्टाइन डे कण्ठै । यसोभन्दा आधुनिकता स्वीकार गर्न नसेकको आरोप लाग्ला । आरोप लागोस्, बाल मतलब । आजको खुला दुनियाँमा अरुबाट नसिक्ने कसले भनेको छ र ? तर हामीलाई नचाहिएको, नेपाली समाजको मूल्य र मान्यतासँग मेल नखाने भ्यालेन्टाइन हामीलाई चाहिएन ।
साह्रै रिस उठेपछि फेसबुकमा यस्तो गजल लेखेर पोष्ट गरें ।
सबै क़ुरा बंक हानी,भ्यालेन्टाइन मनाउने रे
14 feb मनाउनलाई,नयाँ GF बनाउने रे !!
गुगलमानै खोज्न थाले,प्रेम प्रस्ताव गर्ने भनि
प्रेम सफल पार्न भनि,गल्ली गल्ली धाउने अरे !!
घरमा हुन्छन श्रीमती,फ़ेसबुकभरि विज्ञापन छ
श्रीमतीचैं सोझो चाहिने,GF मोडर्न बनाउने रे !!
तलव भन्दा GF धेरै,फुर्ति भने कमको छैन्
घरमा छैन मैन बति,बाहिर रंगिन बनाउने रे !!
रंगलाको चित्र बोकी ,love u भन्न कति साह्रो
मायागर्छु भन्नलाईिन,भ्यालेन्टाइन मनाउने रे!!
Happy day of love n friendship day 2 all..






प्रतिक्रिया दिनुहोस्...