बहुमतिय संविधान द्वन्द्वको घर - एमाओवादी नेता बाबुराम भट्टराई


एकीकृत माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले आफूहरु सहमतिका बाधक नभएको दावी गरेका छन्।
काठमाडौं, माघ २६ - एकीकृत माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले आफूहरु सहमतिका बाधक नभएको दावी गरेका छन् ।

पूर्व प्रधानमन्त्री भट्टराईले एमाओवादी र उक्त दलमा आबद्ध ३० दलिय मोर्चा सहमतिको बाधक नभएको भन्दै सहमतिबिना संविधान निर्माण गर्न खोजे मुलुक फेरि द्वन्द्वमा जाने चेतावनी दिएका छन् ।


आज क्रान्तिकारी पत्रकार सङ्घ कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले संविधान निर्माणका लागि सहमति र संवाद आवश्यक भएको औंलाएका छन् ।


नेता भट्टराईले १२ बुँदे शान्ति सम्झौता यताका सबै उपलब्धिलाई समेटेर अघिबढे मात्र संविधान जारी हुने बताउँदै काँग्रेस एमालेले प्रक्रियालाई अघि बढाएर संविधान निर्माण प्रक्रियालाई बन्धक बनाएको आरोप पनि लगाएका छन् । 

उनले जनक्रान्ति र आन्दोलनले गरेका उपलब्धिलाई धरापमा पारी २०४७ सालको संविधान ब्युउँझाउन खोजेका कारण ३० दलीय मोर्चा आन्दोलनमा गएको स्पष्ट पारे।


उनले प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि आह्वान गरेको वक्तव्य आन्दोलन तुहाउनका लागि मात्र भएको टिप्पणी गर्दै भने (हामी वार्ता र सहमतिका लागि बाधक छैनौँ । सहमति पनि भन्ने प्रक्रियाबाट संविधान निर्माण पनि गरौँ भन्ने कुराले वार्ता र संवादको ढोका बन्द गरिएको छ–नेता भट्टराईको भनाइ थियो ।


सत्तापक्षले तयार गरेको प्रश्नावलीको कुनै अर्थ नरहने बताउँदै उनले भने - त्यो खारेज हुनुपर्छ । वार्ता र सहमतिबिना संविधान बन्न सक्दैन त्यसका लागि सरकार तयार हुनुपर्छ ।





प्रतिक्रिया दिनुहोस्...