भयानक महाभूकम्पबाट पीडित बनेका नेपालीलार्इ सहयोग गर्न भारत र चीनबीच होडबाजी चलेको छ।
| भयानक महाभूकम्पबाट पीडित बनेका नेपालीलार्इ सहयोग गर्न भारत र चीनबीच होडबाजी चलेको छ। | |
![]()
काठमाडौँ, १६ बैशाख - भयानक महाभूकम्पबाट पीडित बनेका नेपालीलार्इ सहयोग गर्न भारत र चीनबीच होडबाजी चलेको छ। दुबै देश जुन तत्परताका सहयोग र राहत प्रदान गर्न जुटिरहेका छन्, त्यसबाट यी दुबै देश नेपालमा आफ्नो प्रभाव कुन् ढंगबाट जमाउन खोजिरहेका छन् भन्ने प्रष्ट हुन्छ।
भूकम्प जानेवित्तिकै भारतले आपतकालिन राहत दल, स्वास्थ्यकर्मी, खाना, औषधि र अन्य जरुरी उपकरणले भरिभराउन जहाज काठमाडौं पठाउन कति पनि ढिलाइ गरेन । भारतले पहल लिएलगत्तै चीनले पनि तत्कालै उद्धारकर्मी, भूकम्पबाट पुरिएकाको खोजी गर्ने कुकुर, स्वास्थ्य उपकरण, टेन्ट, कम्बल र अन्य उपकरण तत्कालै नेपाल पठायो। दुबै देशका प्रमुखहरु नरेन्द्र मोदी र सि जिनपिङ्गले यो विपत्तिमा आफूहरु साथमै रहेको सन्देश समेत दिए । मोदीले आइतबार आफ्नो मासिक रेडियो कार्यक्रममा भने, ’हाम्रा देशका धेरै नागरिकका लागि नेपाली नागरिक आफ्नै मानिस हुन्।’ चिनियाँ उद्धार टोली - ’अर्ध-औपनिवेशिक सम्बन्ध’ एसियाका दुबै शक्तिशाली देश नेपालमा प्रभाव जमाउने होडमा मात्र छैनन्, पछिल्लो केही सालयता त यी देशबीच कडा प्रतिस्पर्धा तीब्र भएको छ । भारतसँग नेपालको सम्बन्ध धेरै गहिरो रहेको छ । भारतसँग ’एकातिर रोटी र बेटीको सम्बन्ध’ रहेको बताइरहँदा नेपालका माओवादी समेत धेरै नागरिक भारतसँगको ’अर्ध औपनिवेशिक’ सम्बन्धको समेत विरोध गर्दै आएका छन्। माओवादीसहितल भारतले ’विस्तारवाद’ नीति लिएर नेपाललार्इ पेलेको आरोप लाउँदै आएका छन् । उनीहरुले नेपाल जस्तो गरिब देशलार्इ भारतले ’बधुवाँ बजार’ बनाएको बताउँदै आएका छन् । नेपालको अर्थव्यवस्थाको अधिकांश फाइदाको हिस्सामा भारतीय व्यापारीको नियन्त्रण रहेको छ । यहाँका धेरै मानिसले भारतले असमान सन्धी गरेर नेपालका नदीबाट बाँध बाँधेर लगिएको पानीले सिंचाइँ गरेर भारतले धेरै फाइदा लिएको आरोप पनि लगाउँदै आएका छन्। नेपालका माओवादीसहितका विपक्षी दलले कयौं पटक राष्ट्रवादी भावनालार्इ उचालेर भारत विरोधी वक्तब्य दिँदै अन्य मुख्य दललार्इ ’भारतको दलाल’ बताउँदै हाँसी मजाक गर्ने गरेका छन्। चीनसँगको तुलना होइन - अर्को तर्फ नेपाल भौगौलिक, भाषा र सांस्कृतिकरूपमा चीनको तुलनामा भारतसँग कयौ ज्यादा नजिकको सम्बन्ध रहेको छ। यूनिभर्सिटी अफ लण्डनमा नेपाली र हिमालय स्टडिजकी प्रोफेसर मिसेल हट भन्छिन्, ’ भारत नेपालमा कुनै पनि राजनीतिक दलजस्तै राजनीतिक रूपमा महत्वपूर्ण छ।’ नेपाली नागरिक भारतीय सेनाको गोरखा रेजिमेन्टमा अहिले पनि कार्यरत छन् । त्यसैगरी नेपाली सैनिकलार्इ भारतमा प्रशिक्षण पनि दिइन्छ । भारत यो हिमालय देशलार्इ हतियार आपूर्ति गर्ने मूख्य मुलुकका रुपमा पनि रहेको छ। ’ब्याटल्स अफ द न्यू रिपब्लिक: एक कन्टम्प्रेरी हिस्ट्री अफ नेपाल’ पुस्तकमा प्रशान्त झाले लेखेका छन्, ’नेपालसँग भारतको खुला सिमाना अर्थको यो हो कि नेपालको सुरक्षामा भारतको गहिरो रुचि छ।’ उनी अगाडि लेख्छन, ’भारतलार्इ काठमाडौंमा उसको सहयोगी सरकार चाहिन्छ ताकि त्यो सरकारको सहयोगमा कुनै पनि मूल्यमा चीनलार्इ नेपालमा प्रभाव बढाउन रोक्न सकियोस।’ यसैले भारतले भूकम्प जाने बित्तिकै भारतले नेपालमा तत्काल राहत पठाउनु आशचर्यको होइन। लण्डनको किङ्स कलेजका अन्तरराष्ट्रिय सम्बन्धका प्रोफेसर हर्ष बी पन्त भन्छन्, ’नेपाल भारतका लागि धेरै महत्वपूर्ण छ, यसमा चीनको तुलना हुन सक्दैन । भूकम्पलार्इ लिएर भारतको प्रतिक्रिया धेरै मजबुत हुनै पर्ने थियो। उद्धार सामाग्रीसहितको भारतीय टोली जहाजमा अप्रत्यासित प्रतिक्रिया
भारतले उद्धारका लागि नेपालमा टोली पठाइनसक्दै चीनले भूकम्पले पुरिएकाको खोजी गर्ने कुकुरसहित उद्धार दल नेपाल पठायो । नेपालमा केही वर्षयता चीनको प्रभावमा तीब्र गतिमा बढिरहेको छ । पछिल्लो वर्ष चीनले नेपाललार्इ दिएको आर्थिक सहयोगले भारतलार्इ समेत पछि पारिदियो । चीनले नेपालमा सडक, ऊर्जा सयन्त्र, परिवहन, आधारभूत पूर्वाधा र अन्य क्षेत्रमा भारीमात्रामा लगानी बढाइरहेको छ।
यी दुबै देशबीचको व्यापार पनि तीब्र गतिमा बढिरहेको छ । चीनले नेपाललार्इ तिब्बतको समर्थनमा नेपालको धर्तीबाट तिब्बतको समर्थनमा हुने कुनै पनि गतिविधि गर्न नदिन पनि भनिसकेको छ। ’ह्यूमन राइट्स वाच रिपोर्ट २०१३’ मा उल्लेख भए अनुसार नेपालले सिमा नजिकबाट गिरफ्तार सयौं तिब्बतीयनलार्इ पक्रेर चीनलार्इ बुझाउँदै आएको छ । एक रिपोर्टमा भनिएअनुसार ताइवानबाट भूकम्प पीडितको उद्धार र राहतका लागि आउन लागेको टोलीलार्इ समेत नेपालले रोकिदिएको छ।
यसमा चीनको भूमिका रहेको या नरहेको बारे एकिन तथ्य बाहिर आउन सकेको छैन। पन्त भन्छन्, ’ ’नेपाल अब बाठो भइसकेको छ । यी दुबै एसियाका महाशक्तिबाट उसले फाइदा लिन सिकिसकेको छ।’
चिनियाँ उद्धार टोली भूकम्प पीडितको उद्धार गर्दै भारतलार्इ डर - प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विदेश नीतिको प्राथमिकता र प्रभावक्षेत्रका रुपमा छिमेकी देशलार्इ अगाडि राखेका छन् । भारतीय नीति हेर्दा प्रष्ट हुन्छ, उसले कुनै पनि हालतमा आफ्ना छिमेकी देशमा चिनीयाँ प्रभाव रोक्न हरसम्भव प्रयास गर्छ। पन्त भन्छन्, ’भारतमा नेपाललार्इ चीनतर्फ जान नदिने भावना बलियो रहेको छ । अर्का तिर यो पनि मानिन्छ कि चीनले नेपालभित्र छिर्न कयौं बाटाहरु बनाइसकेको छ, जसले अब चीनलार्इ रोक्न कठिन छ।’ बीबीसी हिन्दीलाई उदृत गर्दै अन्नपूर्णले लेखेको छ। | |
![]() ![]() |



