गौतमबुद्ध विमानस्थलमा धावनमार्गको काम सुरु


gautam budhaत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको विकल्पमा निर्माण हुनलागेको भैरहवामा अन्तर्राष्ट्रियस्तरका ठूला जहाज सञ्चालनकालागि धावन मार्ग रन वे निर्माणको काम थालिएको छ।
काठमाडौंमा सञ्चालन भइरहेको अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमाभन्दा भैरहवाको निर्माणधिन रन(वेमा अझ ठूला जहाजहरू सजिलै अवतरण तथा उडान गर्नसक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका उपनिर्देशक ओम शर्माले जानकारी दिए।
भैरहवामा निर्माणाधिन रन(वे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्डमा बनाउन थालिएको बताउँदै उपनिर्देशक शर्माले भने, ुयो रन(वेको भारवान क्षमता, लम्बाई, चौडाई सबै काठमाडौंकोसमान छ।ु
तराइँको भूगोल, वायुको चाप र गर्मीक्षेत्रले गर्दा काठमाडौंमा ल्यान्ड गर्न नस्कने ठूला विमान भैरहवाबाट सजिलै उडान गर्न सक्नेछन्।
निर्माणधिन धावनमार्गको लम्बाई तीन हजार मिटर र चौडाई तीन सय मिटर हुने छ।
आईतबारदेखि रन(वे क्षेत्रको टप स्वायल, झारपात, झाँडी बुट्यानका जरा निकाल्ने काम थालिएको छ।
मेसिनले जमिनको सतहदेखि १५ सेन्टिमिटर गहिराइदेखि नै विभिन्न तहमा नयाँ माटो राख्दै रोलिङ गर्ने काम धमाधम भैरहेको छ।
त्यसमाथि सवग्रेटमा २५ र २० सेन्टिमिटरको विभिन्न साईजको गिट्टी राखेर रोलिङ गरेर वाइन्डरको काम गरिनेछ।
त्यसमाथि सर्फेस लेयरमा अलकत्राको काम गरिनेछ। ुनिर्माणधीन विमानस्थलको रन(वे लगायतका सबै काम भूकम्प प्रतिरोधी हुनेछन्।
अन्तर्राष्ट्रिय मापदण्डमा काम अगाडि बढाएका छौु, उनले भने,ुजमिनको सतहदेखि रन(वे एक सय ३५ सेन्टिमिटर उचाइँमा हुने हुँदा हिउँद वर्षा रातदिन २४ सै घण्टा ठूला विमानहरू सञ्चालन गर्नसकिने छ।ु
विमानस्थलको सवैभन्दा महत्वपूर्ण काम रन(वे भएकोले आयोजनाको कुल लागतमध्ये ५१ प्रतिशत बजेट यसैमा खर्च हुने आयोजनाले जनाएको छ।
रन(वे निर्माणको कार्य १८ महिनाभित्र सम्पन्न गर्ने योजना छ।
रन(वे क्षेत्र विस्तारका क्रममा मर्चवार बेथरीको पक्की सडक ५० मिटर पश्चिम सार्ने र युआकरमा चार सय मिटर सडक निर्माणकार्य सम्पन्न भएको छ।
मंगलबारदेखि अन्तराष्ट्रिय टर्मिनल भवनको काम पनि थालिएको छ। अझै १० दिन यसक्षेत्रमा वर्षा नभए घाघरा नदीको डाईभर्सनको काम सकिने छ।
विमानस्थल क्षेत्रमा प्रयोगशाला, ठेकेदार, कन्सल्टेन्ट र आयोजना प्रमुखको निवास एवं कार्यालय भवन निर्माण कार्य सम्पन्न भैसकेका छन्।
सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा तीन वर्षभित्रै विमानस्थल निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ।
सन २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्न ठेकेदारले तीब्र गतिमा काम गरिरहेको जनाएको छ।
योजना सम्पन्न गर्न ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँ ९१ पैसाको लागत योजना बनाइएको छ।
अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।






प्रतिक्रिया दिनुहोस्...