सिन्धुपाल्चोक केन्द्रविन्दु भएर फेरी आयो भूकम्प ...दुईको मृत्यु
फोटो :फाइल फोटो
सिन्धुपाल्चोक: भूकम्पले चर्केका घर भत्किँदा सिन्धुपाल्चोकमा दुई जनाको ज्यान गएको छ ।
बुधबार दिउँसो साढे १ बजे कुन्चोक गाविस - ९ घडेरीडाँडामा खिलबहादुर न्यौपानेको घर भत्किदा पिँढीमा बसेर कुराकानी गरिरहेका वर्ष ८२ का डम्बर बहादुर न्यौपाने र वर्ष ८७ का गशेणबहादुर थापाको ज्यान गएको सिन्धुपाल्चोकका प्रहरी निरिक्षक रुपक खड्काले बताए ।
त्यस्तै घाइते अर्का बृद्ध बलबहादुर न्यौपानेलाई भने उपचारको लागी काठमाडौं लगिएको प्रहरीले जनाएको छ । आजै दिउँसो २ः ५९ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ म्याग्निच्यूड क्षमताको भूकम्पको धक्का गएको छ ।

