गुडिरहेको बस पहिरोमा पुरियो, यात्रृ अझै बसभित्र
नुवाकोट । नुवाकोटबाट काठमाडौंतर्फ हिडेको यात्रृबहाक बस पहिरोमा पुरिएको छ । न्ुवाकोटको ककनीमा माथिबाट आएको पहिरोमा बस पुरिदा हालसम्म २ जनाको मात्र सकुशल उद्धार गरिएको छ । पुरिएको पुरिएको बसमा आठ जना रहेको अनुमान गरिएको छ ।
नुवाकोटको त्रिशुलीबाट आज दिउसो बा २ ख २८४१ नम्वरको बस काठमाडौं तिर आइरहेका बेला ककनीको सिस्नेरीमा पहिरोबाट पुरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बसमा पुरिएका अन्य ब्यक्तिहरुले बचाउ बचाउको आवाज दिइरहेका छन् । प्रहरीले उद्धार कार्य जारी राखेपनि तीन जना च्यापिएको अवस्थामा रहेका छन् ।

