जण्डीस रोगबाट बच्ने उपाय. : थाहा पाईराखौ
१) पानीलाई उमालेर अथवा क्लोरिनको प्रयोगद्वारा निर्मलीकरण गरेर मात्र पिउने गरौं ।
२ )फलफूल, साग पात र तरकारी पखाल्दा सफा पानीको प्रयोग गरौं ।
३) सडेगलेका, झिंगा भन्किएका तथा खुल्ला राखिएका खानेकुरा उपभोग नगरौं ।
४) काँचो र पकाइसकेका खानेकुरा छुट्टाछुट्टै राखौं ।
५ )खाना बनाउनु अघि, खाना खानु अघि, शौचालय प्रयोग गरिसकेपछि, केटाकेटीको दिशा धोइसकेपछि तथा गाई बस्तु, पशुपंक्षीको सम्पर्कमा आए पछि अनिवार्य रुपपमा साबुन पानीले हात धोऔं ।
६ )माछामासु काट्ने र तरकारी फलफूल काट्ने चक्कु भिन्दा–भिन्दै प्रयोग गरौं ।
७ )होटल, रेष्टुरेण्टमा खाजा तथा खाना खांदा सकेसम्म ताजा तथा तातै खाने गरौं ।
८ )कांचै खाइने सलाद जस्ता खानेकुराहरु उमालेको अथवा निर्मलीकरण गरिएको पानीमा एकछिन डुबाएर मात्र उपभोग गरौं ।
९ )पकाइसकेका खाना तथा पानीलाई राम्रोसंग छोपेर राखौं
१० )खाद्य वस्तुको सम्पर्कमा आउने भाँडाकुँडा सुख्खा ओभानो हुनु पर्छ ।
११ )अप्रशोधित कच्चा पदार्थ जस्तै माछा, मासु, तरकारी काट्न प्रयोग गरिने चक्कु वा चपिङ बोर्ड राम्ररी सफा र सुख्खा नबनाई सलादको रुपमा खाने तरकारी फलफुल काट्न प्रयोग गर्नु हुँदैन ।
१२ )घरपालुवा जनावर, चरा, मुसा आदिलाई खाना पकाउने ठाउँमा आउन नदिन ध्यान पु¥याऔं ।
१३ )उपभोग्य मिति समाप्त भइसकेका खाद्य तथा पेय पदार्थ उपभोग नगरौं ।
१४ )बालबालिका, वृद्ध तथा बिरामीहरुको खानपान र सरसफाइमा थप सावधानी अपनाऔं ।
