बिदामा पनि राहदानी वितरण हुने


काठमाडौँ, ३ साउन । राहदानी विभागले बिदाका दिन पनि राहदानी वितरण गर्ने भएको छ ।
राहदानीका लागि आवेदन गरेकाहरूलाई समयमै राहदानी पाउन नसक्दा पर्न सक्ने कठिनाइलाई दृष्टिगत गरी विभागले बिदाका दिन पनि राहदानी वितरण गर्ने निर्णय गरेको हो ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले आज एक सूचना जारी गरी सोमबार र मङ्गलबार बिहान ८ देखि ११ बजेसम्म राहदानी वितरण गर्ने जनाएको छ ।
राहदानी लिन निवेदकले आफ्नो सक्कल नागरिकता, पुरानो राहदानी भए सोसमेत, बैंक रसिदलगायत कागजात लिई स्वयम् उपस्थित हुन सम्बन्धित सबैमा विभागले अनुरोध गरेको छ । रासस





प्रतिक्रिया दिनुहोस्...