विद्यार्थीवीच खुकुरी हानाहान हुँदा दुई जना घाईते


काठमाडौं: घण्टाघर स्थित त्रिचन्द्र कलेज अगाडी स्ववियू विद्यार्थीवीच आपसी झगडा परेको छ । 
 
विद्यार्थीवीच खुकुरी हानाहान हुँदा दुई जना घाईते भएका छन् ।

स्ववियू सह सचिव जनक सिंह समुह र हिक्मत रोकायासमुहबिच आर्थिक कुरामा खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ । सिंहको टाउकोमा चोट लागेको छ भने रोकायको हातमा चोट लागेको छ । प्रहरीले रोकायालाई मोनमोहन अस्पतालमा उपचारमा पुगेका रोकायालाई पक्राउ गरेको छ । 
घटनामा अमित महत र प्रेम क्षेत्री फरार रहेका छन् । विद्यार्थीविच भएको झगडामा मोटसाइकलमा समेत अगाजनी गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस्...