४० जना युवतीको फेसबुक ह्याक गरेर अश्लिल म्यासेज पठाउने पक्राउ


काठमाडौं: अर्काको फेसबुक ह्याक गर्ने बाँंके नेपालगंजका राहुल बाल्मिकीलाई प्रहरीले पक्राउ गरेको छ । 

 
बाल्मिकीले मोडलिङ क्षेत्र सँंगै अन्य विधामा काम गरेका ३५ जना युवायुवतीलाई फेसबुकमा साथी बनाएर फेसबुकको प्रोफाईल ह्याक गरेको प्रहरीले जनाएको छ । ११ कक्षामा पढ्दै गरेका बाल्मिकीले सूरुमा एक जनाको फेसबुक ह्याक गरेपछि त्यही फेसबुकमा भएका अन्य साथीहरुको फेसबुकमा सन्देश पठाउँंदै आएका थिए । 
 
फेसबुक ह्याक गरेपछि गोपनियता भगं गरिदिने भन्दै बाल्मिकीले अर्कैको फेसबुकमार्फत धम्की समेत दिने गरेको प्रहरीले जनाएको छ । 
 
प्रहरीले उजुरीका आधारमा बाल्मिकीलाई महानगरीय प्रहरी अपराध महाशाखाले नेपालगंजबाटै पक्राउ गरी ल्याएको हो । 
 
उनले युवतीहरुको फेसबुक ह्याकपछि यौन दुव्र्यवहार मूलक सन्देश पठाएर तनाव दिने, गोपनीयता भंगगरिदिने भन्दै ह्याक प्रोफाईल फिर्ता गर्न रकम समेत माग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।






प्रतिक्रिया दिनुहोस्...