८४ कटेका हजुरमाहरुको ‘पप ब्याण्ड’ ले तहल्का मच्चाउँदै (भिडियोसहित)
अनुहारमा प्रसस्तै चाउरीहरु, कुप्रो परेको सरीर तर मन भने एकदमै तन्नेरी । तन बुढो भएपनि मन बुढो हुँदैन भन्ने उखानलाई सत्य सावित गर्ने ।
८४ वर्ष पार गरिसकेर डाँडापारीको जुन भैसकेको अवस्थामा पनि युवतीहरुकै जस्तो जोस । जापानमा एउटा यस्तै पप ब्याण्ड छ । गर्ल पप ब्याण्ड केबीजी ८४ नामको उक्त सांगितिक समूहका सदस्यहरुमा ८४ वर्ष कटेका महिलाहरु छन् ।
जुन उमेरमा धेरै मानिस ओछ्यानमा परेका हुन्छन् त्यो उमेरमा जिन्दगीप्रतिको त्यो जोस देखेर को अचम्ममा नपर्ला ? अघिल्लो महिनामात्र यी हजुरआमाहरुले राजधानी टोकियोमा एक स्टेज कार्यक्रम प्रस्तुत गरेर सबैलाई नचाइदिए, हँसाइदिए ।३३ जना वृद्धा महिलाहरु यो ब्याण्डका सदस्य छन् । जहाँ सबै महिलाहरुको उमेर ८४ वर्ष कटेको छ । एकजना महिला ९७ वर्षकी छिन् भने अर्की महिला ९२ वर्षकी ।
जापानको ओकिनावास्थित कोहामा टापुको दुर्गम इलाकाका वृद्धाहरुले यस्तो सांगितिक समूह बनाएका हुन् ।
यो हजुरआमा ब्याण्डले निकालेको कम अन एण्ड डान्स, कोहामा आइल्याण्ड नामक प्रस्तुती निकै हिट बनेको छ र उनीहरुले जापानका ठाउँठाउँमा लाइभ प्रदर्शन गरेका छन् ।


