महिलालाई यौन सम्पर्क राख्न दबाब दिने वरिष्ठ न्यायधीश पक्राउ


काठमाडौं, २३ असार । श्रीलङ्कालको सर्वोच्च अदालतमा कार्यरत उच्च न्यायधिसलाई प्रहरीले यौन हमलामा संलग्न भएको अभियोगमा पक्राउ गरेको छ । न्यायाधिस सारथ डे एब्रुलाई प्रशासनले एक ३९ वर्षीया महिलालाई यौन सम्बन्ध राख्न दबाब दिएको र नमानेपछि कोलम्बो शहर बाहिरको एकान्तमा लगेर पिटेको अनुसनधानबाट थाहा भएकाले निजलाई पक्राउ गरेको जनाइएको छ ।पक्राउ परेका ६० वर्षीय न्यायधिसलाई त्यहाँको दण्डधिकारी (म्याजिस्टे«ट) समक्ष उपस्थित गराएपछि नीजलाई पाँच लाख रुपियाँ जमानतमा छोड्न आदेश गरिएको प्रहरीले जनाएको छ ।दण्डाअधिकारीले पक्राउ परेका न्यायाधिस एब्रुलाई फौजदारी अनुसन्धान विभागसँग अनुसन्धानका लागि सहयोग पु¥याउन पनि आदेश दिनुभएको छ ।सम्भवत श्रीलङ्काको सर्वोच्च अदातलका न्यायाधिसको पक्राउ यहाँको इतिहासमा पहिलो हो ।





प्रतिक्रिया दिनुहोस्...