श्रीमतीलाई कुटेर मार्ने जेल चलान
फोटो :फाइल फोटो
खोटाङ: खोटाङमा आफनै श्रीमतीलाई निर्घात कुटपिट पछि हत्या गर्ने यूवक कारागार चलान भएका छन् । गत जेठ १९ गते राती श्रीमतस्लाई निर्घात कुटपिट गरि हत्या गर्ने कुभिन्डे–३ का २९ वर्षिय मनकुमार श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
श्रेष्ठले २२ वर्षीय श्रीमती सुष्मा भनिने लिला राई (श्रेष्ठ) लाई पाइप र लाठीले कुटपिट गरेर हत्या गरेको श्रेष्ठले स्वइकारी सकेको र उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरिक्षक यादव गौतमले बताए ।
बिरामी छोरा लिएर स्थानीय स्वाथ्य चौकिमा गएकी श्रीमती साँझसम्म पनि घर नआइपुगेको भन्दै श्रेष्ठले बाटोमा नै कुटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनापछि माईती पक्षले दिएको उजुरीको आधारमा श्रेष्ठलाई २३ गते नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
