पोखरा कास्कीको अर्मलामा फेरि भ्वाङ पर्न थालेपछि स्थानीयवासीहरु त्रसित
फोटो :बिज्ञहरुको सुझावलाई वेवास्ता गर्दै धमाधम धान रोपिदिएका कारण अर्मलामा परेको भ्वाङ हेर्दै बिपत् ब्यबस्थापन तथा सहयोग समितिका अध्यक्ष लिलाधर आचार्य । तस्बिर : प्रेम नेपाली
स्थानीय रातभर सुत्न पाएनन्
पोखरा : कास्कीको अर्मलामा फेरि भ्वाङ पर्न थालेपछि स्थानीयवासीहरु त्रसित बन्न पुगेका छन् । वर्षासँगै सतहको कमेरोमाटो बगेर जमिन खोक्रो हुँदै भ्वाङ पर्न थालेको हो।
घरबस्ती नजिकै ठूला भ्वाङ पर्नेक्रम फेरि दोहोरिएपछि स्थानीयबासी रातभर सुत्न सकेका छैनन् ।२०७० मंसिरको पहिलो सातादेखि अहिलेसम्म २ सय ७७ भ्वाङ परिसकेका छन् । नौ घरका ५० परिवार विस्थापित भएका थिए ।
घरबस्ती नजिकै ठूला भ्वाङ पर्नेक्रम फेरि दोहोरिएपछि स्थानीयबासी रातभर सुत्न सकेका छैनन् ।२०७० मंसिरको पहिलो सातादेखि अहिलेसम्म २ सय ७७ भ्वाङ परिसकेका छन् । नौ घरका ५० परिवार विस्थापित भएका थिए ।

जोखिमपूर्ण स्थानमा बिज्ञहरुको सुझावलाई वेवास्ता गर्दै धान रोपिदिएपछि बगेको कमेरो पानी ।
अर्मलाको बिपत् ब्यबस्थापन तथा निर्माण सहयोग समितिका अध्यक्ष लिलाधर आचार्यले बिज्ञहरुको सुझावलाई वेवास्ता गर्दै किसानहरुले धान रोपिदिएको यस्तो अवस्था आएको बताए। प्रभावित क्षेत्रमा धान रोपाइँ तत्काल रोक्नका लागि सरोकारवालाले सरकारसँग माग गरेका छन्।
'धान नरोप भन्दा भन्दै अटेर गरेर रोपिदिए त्यसैले अहिले भ्वाङ पर्न थाल्यो,’ उनले भने ‘तत्काल नरोक्ने हो भने झनै ठुलो क्षति हुनसक्छ।’
'धान नरोप भन्दा भन्दै अटेर गरेर रोपिदिए त्यसैले अहिले भ्वाङ पर्न थाल्यो,’ उनले भने ‘तत्काल नरोक्ने हो भने झनै ठुलो क्षति हुनसक्छ।’

अर्मलामा बिज्ञहरुको सुझावलाई अटेर गर्दै धान रोपिएपछि खेतमा परेको भ्वाङ ।

अर्मलामा भ्वाङ परेर पहिला पुरेको स्थानमा फेरि भास्सिएर परेको भ्वाङमा जमेको पानी ।