कोरियामा नेपाली कामदारको मृत्यु


bhumeshwar-Gurung
सउल । कोरियामा एक नेपाली कामदारको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) बाट रोजगारीको शिलशिलामा कोरिया गएका कास्कीको लेखनाथ नगरपालिका-१२ घर भएका ३५ वर्षीय भूमेश्वर गुरुङको मृत्यु भएको हो ।
राती एक्कासी स्वास्थ्यमा समस्या भएपछि अस्पताल पुर्याइएका गुरुङको आइतबार बिहान ५ बजे मृत्यु भएको कोरियामा सँगै बस्ने साथीहरुले जानकारी दिए ।
गुरुङले एक हप्ताअघिदेखि आनसानमा रहेको गाडीको पार्टपुर्जा बनाउने कम्पनीमा काम थालेका थिए ।
शनिवार घुम्न गएर सकुशल घर फर्किएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि राती नै अस्पताल पुर्याएको थियो । गुरुङको श्रीमती, एक छोरा र एक छोरी रहेको रहेको बताइएको छ ।
खाडी मुलुकहरुमा भने अत्याधिक गर्मीको कारण तापमान नमिलेर कयौं नेपालीहरु आफू सुतेकै स्थानमा मृत भेटिन्छन् ।
यसैबीच, कोरियामा दुर्घटनामा परी निधन भएका  अबैधानिक नेपाली कामदारको शब नेपाल पठाउन समस्या भएपछि यहाँ कार्यरत नेपाली संघसस्थाले सहयोग अभियान सुरु गरेका छन् । शब पठाउन झण्डै नेपाली १० लाख रुपैयाँ लाग्ने गर्छ ।






प्रतिक्रिया दिनुहोस्...