दोलखा केन्द्रविन्दु भएर आजपनि गयो भुकम्प...
वैशाक १२ गते गएको ७ दशमलव ८ रेकटरको शक्तिशाली भुकम्प पछि नेपालमा लगातार भूकम्पका सानाठुलो भुकम्पाका धक्का जाने क्रम जारि छ । शनिबार विहानै पानि दोलखा केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस गरिएको छ। विहान २ बजेर २८ मिनेट जादा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। शुक्रबार भने कुनै पनि धक्का महशुस गरिएको छैन्।त्यस्ता धक्का गइरहने भएकाले नतर्सिन तर सचेत हुन विज्ञको सुझाव छ।

