दीलीप पनि अव अमेरिका जाने
काठमाडौ । निर्देशक तुलसी घिमिरे नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड ब्रेक’ गरेको चलचित्र दर्पण छायाँ को सिक्वेल बनाउने तयारीमा छन् । दर्पणछाँयामा मुख्य भुमिका निर्वाह गरेका दीलीप रायमाझी र उत्तम प्रधानलाई नै यसमा दोहोर्याउने घोषणा समेत उनले गरेका थिए । तर दीलीप भने अमेरिका जाने सुरसारमा छन् ।
भविष्यको लागि भन्दै अमेरिका जाने तयारीमा रहेका दीलीपले दर्पणछाँयामा अभिनय गर्ने नगर्नेवारे कुनै प्रतिक्रिया दिएनन् । अझै केही कागजपत्र बनाउन बाँकी रहेकाले केही दिन लाग्ने भएको छ । तर दर्पणछाँया-२ को सुटिङ दशैपछि मात्रै हुने भएकाले उक्त चलचित्रमा दीलीप देखिने सम्भावना न्युन छ ।
१७ वर्ष अमेरिका बसेर सरोज खनाल नेपाल फर्किएको एक महिना नबित्दै दीलीप अमेरिका जाने तयारीमा छन् । त्यसो त अन्य केही कलाकार पनि अमेरिका जाने तयारीमा छन् । केकी अधिकारीले अमेरिकाको भीषा पाईसकेकी छिन् भने अरुणिमा लम्साल एक वर्ष अगाडी नै अमेरिका गएकी छिन् ।
नेपाली नायिकाद्धय करिष्मा मानन्धर र गौरी मल्ल केही वर्षको बसाईपछि नेपाल फर्किएका थिए । सोही समयमा अमेरिका गएकी पूजा चन्द उतै छिन् भने अर्की नायिका रञ्जना शर्मा पनि अमेरिकामै स्थायी बसोबासको तयारीमा छिन् । दीलीपकै समकक्षी नायक रमेश उप्रेती अमेरिकामै रहेपनि अहिले नेपाल आएका छन् । गायक यम बराल र कर्णदास अमेरिकामै रमाईरहेका छन् ।

