मृत्युलाई जितेर आए अनिस खालिङ उनले भने ‘म मत्युको मुखमा पुगेर फर्किएर आएँ, अबको बाँकी जीवन अन्यायमा परेकाहरुको हितमा लगाउँछु ।’

काठमाडौं, २३ असार – युएई दुबइमा मृत्‍युदण्डको सजाय सुनाइएका अनिश खालिङ मृत्‍युलाई जितेर नेपाल आइपुगेका छन् । अनिश खालिङ फ्लाई दुबइबाट बुधबार दिउसो साँढे ४ बजे उडेर राती साँढे १० बजे त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल आइपुगेका हुन् ।

त्रिभुवन बिमानस्थलमा अनिश खालिङ राई बचाउ अभियान समितिका पदाधिकारीले उनलाई भब्य रुपमा स्वागत गरेको छ । अनिशलाई स्वागत गर्न समितिका सहसम्योजक सुजन खालिङ, सचिब देबेन्द्र खालिङ, संचार सम्योजक प्रकाश खालिङ, अनिशकी श्रीमती रबिता राई, समितिका सल्लाह्कारद्वय धन खालिङ र रामरतन खालिङ, सदस्यहरु मनिता, बलबहादुर, अर्जुन खालिङलगायतको जम्बो टोली त्रिभुवन बिमानस्थल पुगेको थियो ।
अनिश खालिङले बिमानस्थल उत्रेलगत्तै खुशीको आसु झार्दै आफुले आजको दिनमा संसारलाई जितेको अनुभुती गरिरहेको प्रतिकृया दिए । ‘यो अवसरमा सहयोग गरेर मलाई नयाँ जीवन दिलाउन लाग्नुहुने सम्पूर्ण दाताज्युहरुलाई बिशेस बिशेष धन्यवाद दिनचाहन्छु’ उनले भने ‘आज धेरै बोल्ने मुडमा छैन, त्यसैले समय मिलाएर धेरै कुरा गर्ने इच्छा छ ।’
धेरै नेपालीहरु आफूजस्तै अन्यायमा परेर जेलमा रहेको जानकारी दिदै उनले  अन्यायमा परीका ती नेपालीहरुको हितमा लड्ने बताए । उनले भने, ‘ म जस्ता धेरै नेपाली दाजुभाईहरु विदेशको जेलमा हुनुहुन्छ, म उनीहरुको लागि लड्छु ।’ उनले आफूलाई बचाउने संसारभरीका नेपालीहरुलाई धन्यवाद दिदै आफ्नो नाफाको जीन्दगी अब पुरै अन्यायमा परेकाहरुको लागि लगाउने बताए । उनले भने, ‘म मत्युको मुखमा पुगेर फर्किएर आएँ । अब मेरो बाँकी जीवन अन्यायमा परेकाहरुको हितमा लगाउँछु ।’

8654संखुवासभाको मत्स्यपोखरीका निवासी अनिश युएई पुगेको ६ महिनामा गलत आरोप लगाएर जेल चलान गरिएको थियो । उनलाई युएईको अलऐन जेलमा राखिएको थियो । नेपाल फर्काउन उनलाईएकहप्ता अघि नै जेल प्रशासनले कैदी रिहा गर्ने विभाग पुर्योएको थियो ।
स्थानिय प्रशासनले अनिशको बाँकी २ बर्षको जेल सजाय मिनाह गरिदिएपछि नेपाल फर्काइएको एनआरएन युएईका अध्यक्ष कृष्ण भुसालले जानकारी दिए।  सुरुमा युएईको आवुधावीमा रहेको तल्लो अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । तल्लो अदालतले सुनाएको फैसलालाई माथिल्लो अदालतले मृतक पाकिस्तानी नागरिकको परिवारलाई विकल्प दिँदै सजाय गर्ने फैसला गरेका थियो ।
अदालतले दिएको विकल्पमा ‘खुनको बदला खुन’ अर्थात हत्या आरोपीलाई मृत्युदण्ड नै दिने, ब्लडमनी लिएर सजाय मिनाह गरिदिने वा अन्य कुनै सजाय दिने भन्ने बिषयमा पीडित पाकिस्तानी नागरिकको परिवारलाई नै निर्णय गर्न दिइएको थियो । अदालतले सुनाएको फैसला अनुसार मृतक पाकिस्तानी नागरिकका परिवारले ब्लडमनि वापतको रकम स्वीकारेको छ । पीडित पाकिस्तानी नागरिकका परिवारले ब्लडमनी स्वरुप झण्डै ८६ लाख रुपैयाँ अर्थात ३ लाख ५ हजार दिराम मागेको थियो । त्यसका लागि अनिश खालिङ राई बच्चाउ अभियान समितिको अनुरोधमा संसारभरका नेपालीले ब्लडमनीका लागि रकम संकलन गरेका थिए ।
अभियानबाट आवश्यक पर्नेभन्दा धेरै रकम संकलन भएको थियो ।  आवश्यक रकम सकंलन भएपछि कुटनीतिक पहलमार्फत नेपालमा जम्मा भएको रकम राजदूतावास र परराष्ट्र मन्त्रालयको सहयोगमा यहाँ ल्याइएको थियो । ब्लडमनी वापतको पैसा अदालत मार्फत पीडित परिवारलाई बुझाउन दूतावासका कर्मचारी गएका थिए ।
पैसा बुझाउन जाँदा अनिशको ब्लडमनी वापतको पैसा कसैले बुझाई सकेको विवरण पाएपछि दुतावासले नेपालबाट ल्याएको रकम फिर्ता गरेको थियो । तर अनिस नेपाल आइसके पनि त्यो रकम समितिसम्म आइपुगेको छैन । अनिशले बुझाउनुपर्ने बुझाउनु पर्ने ब्लडमनी अटर्नी जनरलको अप्रुभलमामार्फत अदालतको खातामा जम्मा गरिएको दुतावासलाई प्राप्त सूचनामा उल्लेख छ ।
ब्लडमनी तिरे पनि अदालतले दिएको ५ बर्षको जेल सजाय भने भुक्तान गर्नुपर्ने बताइएको थियो । तीन वर्ष जेलमा बिताइसकेकाले दुई वर्षभित्र अनिश स्वदेश फिर्न सक्ने अनुमान गरिएको थियो । तर, मुश्लिम समुदायको पवित्र महिना रमजानको अवसर पारेर उनलाई युएई सरकारले सजाय मिनाहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्...