यौन सम्पर्क गर्न नदिएको झोकमा श्रीमानद्धारा श्रीमतीको हत्या


कपिलवस्तु, असार २४ – कपिलवस्तुको पिपरा गाविस– २ स्थित बुलाडिहवामा श्रीमानले नै आफनी श्रीमतीको हत्या गरेको खुलेको छ । सोमवार मध्य रातमा महताब आलमले यौन सम्पर्क गर्न नदिएको झोकमा आफ्नी श्रीमती मेराजुन निशालाई हत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि मृतकका बुवा मोहोम्मद रफिकलले दिएको किटानी जाहेरीपछि प्रहरीले महताब, उनका भाई अफताब आलम र बुवा हबिबुर विरुद्ध दिएको किटानी जाहेरीपछि उनीहरुलाई प्रहरीले पक्रेको थियो । घटनाको प्रारम्भिक अनुसन्धान र सोधपुछपछि यौन सम्पर्क गर्न अस्विकार गरेको आक्रोशमा महताबले गरेको खुलेको प्रहरी उपरीक्षक बिक्रम गुरुङले बताए । ‘मेहेताबले श्रीमतीको हत्या गरेको प्रहरी समक्ष स्विकार गरेका छन्,’ मेहताबसँग प्रहरीले गरेको सोधपुछ र प्रारम्भिक अनुसन्धानबारे श्रीमतीको आफुले हत्या गरेको उनले बताएका हुन् । मेहताबले राति २ बजेतिर सुतिरहेकी आफ्नी श्रीमतीको हातले घाँटी च्यापेर हत्या गरेका थिए । विवाह भएको ढेड महिनादेखि नै मेहताव र मेराजुन निशाबीच यौन सम्पर्कका बिषयमा झैझगडा हुँदै आएको थियो । अर्काेतर्फ घरमा कामको बाँडफाडलाई लिएर समेत दुवैबीच विवाद रहँदै आएको थियो । सो हत्यामा आफ्नो मात्र हात रहेको महताबले प्रहरीलाई बताएका छन् । घटना आक्रोशबस भएको उनले प्रहरी समक्ष बयान दिएका छन् । दाइजोको रुपमा ससुराली पक्षले २ लाख रुपैयाँ दिएको महतबतले बताए । दाइजोको निहुँमा ३ जना मिलेर छोरीको हत्या गरेकोे मृतकका बुवा मोहोम्मद रफिकलले आरोप लगाएका छन् । बिवाह अघि दाईजोको रुपमा दिने तय गरिएको ५ लाखमध्ये एक लाख रुपैयाँ दिन ढिलो गरेकोले ३ जना मिलेर छोरीको घाँटी थिचेर हत्या गरेको उनको भनाई छ ।





प्रतिक्रिया दिनुहोस्...