राजधानीका घरहरुमा चोरी गर्ने १३ गिरोह पक्राउ


काठमाडौं, मंसिर २५ । राजधानीका घरहरुमा मान्छे नभएको मौका पारी चोरी गर्दै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चोरीमा संलग्न १३ जनालाई चोरीका सामानसहित नियन्त्रणमा लिएको हो ।
उनीहरुबाट नगद ११ हजार, ६ थान ल्यापटप , ७ तोला सुन , ३ थान क्यामरा , १३ थान मोवाईल लगायतका सामान बरामदभएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु पटके चोर समेत रहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्...