विदेश बाट गएको बुबाले राम्रा राम्रा लुगा र मिठा मिठा खानेकुरा ल्याइदिनुहोला भनेको त, भाइ र नयाँ ममी पो ल्याउनुभो


स्याङ्जा : ‘बुबाले राम्रा राम्रा लुगा र मिठा मिठा खानेकुरा ल्याइदिनुहोला भनेको त, भाइ र नयाँ ममी पो ल्याउनुभो’, १३ वर्षीया रोशनी गुरुङ यसो भन्दै रुन्छिन् ।
पैसा कमाउन विदेश गएका बुबा ८ वर्षपछि घरमा आउने खवर सुनेपछि अवोध बालिकाको मनमा थुपै्र रहर जागेका थिए । जब घरमा विदेशिएका बाबुसँगै उनको नयाँ परिवार समेत आयो, उनका सबै सपना क्षणभरमै टुटे ।bideshbatfrkneko
उनले देखेको सपना उल्टो सावित भयो र उनका लागि सौतेनी आमा र थप भाइ मिल्यो । बुबाले कान्छी पत्नी ल्याएपछि आफुलाई जन्म दिने आमा र बाबाको सम्बन्ध नै टुट्यो ।
स्याङ्जा रापाकोट गाविस–८ का ३७ वर्षीय धनबहादुर गुरुङ वैदेशिक रोजगारका लागि ८ वर्ष पहिले साउदी अरब पुगे । ५ वर्षीया छोरी रोशनी, २ वर्षे अपांग छोरा टकबहादुर र ३६ वर्षीया पत्नी कुमारीलाई छाडेर सम्पत्ति कमाउन साउदी अरब गएका उनी नयाँ परिवार लिएर फर्के ।
सम्पत्ति कमाएर सुखसँग पाल्ने सपना बाँडेर विदेश हानिएका उनी घर फर्कँदा ती सबै कुरा झुठ सावित भइसकेका थिए । साउदी पुगेपछि उनी २ वर्षसम्म पारिवारिक सम्पर्कमा थिए ।
तर, ६ वर्ष यता उनी बेखवर बने । घरखर्च पठाउने र सञ्चो बिसञ्चो सोध्ने सबै काम बन्द भयो । मेलापात गरेर छोराछोरी र आफू पालिनु परेको कुमारी बताउँछिन ।
दुई साताअघि घर फर्केका उनीसँगै कान्छी पत्नीका रुपमा २६ वर्षीय सन्जु राई र ४ वर्षका छोरा लिएर उनी आए । छोरी रोशनी सवलाङ्ग भए पनि छोरा टकबहादुर भने सुस्त मनस्थितिका र अपाङ्ग पनि छन् । छोरालाई खुवाउन देखि दिसा पिशाव समेत अरुले नै गराउने पर्ने बाध्यता छ ।
बाबुआमा सम्बन्ध बिच्छेदको तयारी लाग्दा १३ वर्षीयया रोशनी भने दिनभर रोइरहेकी थिइन् । उनलाई आमा, भाइ र आफनो पढाईको चिन्ताले पिरोलेको छ ।
अदालती प्रक्रियाबाट ६ लाख १० हजार रुपैयाँ कुमारीलाई दिई छोराछोरी पाल्ने शर्तमा धनबहादुरले जेठी पत्नीलाई विदा गरे । सम्बन्ध बिच्छेदका लागि ५ लाख उपलब्ध गराइएको हो भने एक लाख १० हजार ६ वर्षमा खर्च गरेवापतको रकम थियो कुमारीको ।
अदालती प्रक्रिया सकिएपछि आमा कुमारी माइती पोखरातर्फ जाने भइन् । तर, घरमा जाने बेलामा बाबुसँग लागेकी रोशनी अन्त्यमा आमाकै पछि लागिन् अपांग अनि सुस्त मनस्थितिको भाइ भने बावा र कान्छी आमाको पछि लागेर गए ।
गाउँमा बसेको कचहरी, जिल्ला प्रहरी कार्यालय र अन्त्यमा अदालतसम्म आउने प्रक्रियामा समेत रोशनी सहभागी भई सबै कुरा नियालीरहेकी थिइन । स्थानीय जन उच्च माध्यमिक बिद्यालय कक्षा ८ मा अध्ययरत उनी एक सातायता विद्यालय गएकी छैनन् ।बाबुआमाका कारण बालिकाको शैक्षिक अधिकार खोसिएको स्थानीयी बिष्णुप्रसाद काफ्ले बताउँछन् ।
बुबासँग बस्न नचाहेपछि उनी आमा पछ्याउँदै पोखरा पुगेकी छन् । उनका् विद्यालयमा अर्धवार्षिक परीक्षा सुरु भएको छ । तर उनी धेरै दिनदेखि अनुपस्थित रहेको विद्यालयका प्राचार्य तारापति पौडेलले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्...