सभामुखसँगको भेटमा राष्ट्रपतिले भनेः ‘समयको सदुपयोग गरौं’


काठमाडौं, माघ २८ । राष्ट्रपति डाक्टर रामवरण यादवले प्रमुख राजनीतिक दलहरुवीच संवाद र सहमतिको वातावरण नबनेकोमा चिन्ता व्यक्त गरेका छन् । आज विहान संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङ्संग भएको भेटमा यादवले समयको सदुपयोग गर्दै संविधान निर्माणमा अग्रसरता देखाउन संपूर्ण राजनीतिक दलहरुसंग आग्रह गरे । justify;">भेटपछि नेम्वाङले राष्ट्रपतिले मुलुकलाई निकास दिन सत्ता पक्षले अग्रसरता देखाउनु पर्नेमा जोड देखाउनुपर्ने बताए । सभामुखले विपक्षी दलहरुले पनि संवाद र वार्तावाटै निकास निस्कन्छ भन्नेमा विश्वास गर्नुपर्ने राष्ट्रपतिको भनाई थियो । नेम्वाङले दलहरुबीच सहमति कायम हुन नसके संविधान निर्माणका लागि प्रकृया अघि बढ्ने जानकारी राष्ट्रपतिलाई गराएका थिए ।




प्रतिक्रिया दिनुहोस्...