क्याफेको भित्ताभरी पैसै पैसा, जहाँ पुग्ने सबैले डलर टाँस्छन्
क्याफेहरुमा ग्राहकलाई आनन्दित पार्नका लागि विभिन्न खाले चित्रहरु तथा तस्वीरका साथै कलाकृतिहरु राखिने गरेको त हामीले देखेकै छौँ । तर के तपाइँले यत्रतत्र पैसाको गुँड नै भएको क्याफे देख्नुभएको छ ? अमेरिकामा एउटा यस्तो क्याफे छ जसको भित्री कोठाहरुमा यत्रतत्र भित्ताभरी नै डलर टाँसिएका छन् । क्याफेमा जाने जो कोहीले उक्त क्याफेको भित्तामा डलर टाँसेरै फर्किन्छन् ।
अमेरिकाको अलास्कास्थित होमरमा रहेको नामक क्याफे १ सय १८ वर्ष पूरानो ऐतिहासिक क्याफे त हो नै, यो क्याफे यसका भित्तामा टाँसिएका असंख्य डलर नोटका कारण चर्चित छ ।
सन् १८९७ मा सानो कोठाको रुपमा स्थापना भएको यो क्याफे सुरुमा उक्त क्षेत्रको पहिलो हुलाक घर, रेलस्टेसन, किराना पसल तथा कोइलाखानीको कार्यालयको रुपमा समेत उपयोग भयो ।
सन् १९०९ मा त्यहाँ अर्को भवन निर्माण गरियो र स्कुल समेत संचालनमा आयो । सन् १९४० मा यो भवनलाई तेल कम्पनीले समेत आफ्नो कार्यालयको रुपमा प्रयोग गर्यो । तर सन् १९५० को मा चक एबोटले उक्त भवनमा साल्टी डग सैलूनको स्थापना गरेका हुन् ।
ऋहिले जोन वारेन नामका व्यक्तिको स्वामित्वमा रहेको यो क्याफेको भित्री भित्ताहरुमा यत्रतत्र डलर झुण्डिरहेका हुन्छन् । झ्वाट्ट हेर्दा भित्री कोठामा पैसाकै गुँड जस्तो देखिन्छ ।
वास्तवमा साल्टी डग क्याफेमा डलर टाँस्ने अनौठो परम्परा नै छ । सुरुमा एकजना ग्राहकले आफ्ना मित्रको सम्झनामा क्याफेको भित्तामा डलर टाँसेर हिँडेका रहेछन् । त्यसपछि त्यहाँ आउने ग्राहकले एकपछि अर्को गर्दै आफ्ना मित्रजनको सम्झनामा भित्तामा डलर टाँस्न थालेपछि डलर चिप्काउने परम्परा नै कायम भयो । मानिसहरुले डलरको नोटमा साथीको नाममा सन्देश लेख्छन् अनि क्याफेको भित्तामा टाँसेर जान्छन् ।