प्रियंका भन्छिन्-‘सुन्तली’ हेरेपछि दर्शक मसँग फिदा हुन्छन’ (भिडियोसहित)


priyanka karki (4)
नायिका प्रियंका कार्कीले पहिलो पटक कुनै चलचित्रको शिर्ष भूमिकामा काम गरिन् त, त्यो हो ‘सुन्तली’ । यो चलचित्र भोली अर्थात फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।
शिर्ष भूमिकामा काम गरेकाले पनि प्रियंकालाई यो चलचित्र चल्नु जरुरी छ । अनलाइनखबरसँग ‘सुन्तली’को बिषयमा कुरा गर्दै प्रियंकाले भनिन्-‘ यो चलचित्र हरेक पक्षबाट उत्कृष्ट छ । एउटा गाउँमा जब एक सुन्दरी यूवतीको प्रवेश हुन्छ, त्यसपछि आउने खलबलीलाई चलचित्रले उठान गरेको छ ।’ प्रियंका आफूले यस्तो भूमिका गर्न पाउँदा भाग्यमानी संझिन्छिन् ।

चलचित्र हेर्नुपर्ने कारण के त, पि्रयंकाले भनिन्-‘यो चलचित्र हरेक पक्षबाट उत्कृष्ट । चलचित्रको निर्देशनदेखि यसको श्रृङगार, पहिरन, बिषयवस्तु र कलाकारको अभिनय तारिफयोग्य छ भन्ने लाग्छ ।’
बन्दिपुरमा चलचित्रको छायांकन दुई सिफ्टमा गर्दा प्रियंकालाई सुन्तली भनेर बोलाउनेको संख्या बढेको थियो । नेपाली चलचित्रमा ‘सुन्तली’ एक नयाँ प्रयोग भएको कथन उनले सुनाइन् ।
priyanka karki (1)
पुरानो स्पेनिस चलचित्र हेरेजस्तो आभाष दर्शकलाई हुन्छ, निर्देशक भाष्कर ढुंगानाको कामप्रति प्रशंसा गर्दै प्रियंकाले भनिन् । तपाइका लागि चलचित्र प्रदर्शनको अघिल्लो रात कस्तो खुलदुली हुन्छ भन्ने प्रश्नमा प्रियंकाले भनिन्-‘बिहिबार बेलुकी होइन, मलाई त आइतबारदेखि नै यस्तो हुन्छ । आइतबारदेखि नै निन्द्रा नलाग्ने, खुलदुली हुने हुन्छ मलाई । बिहिबार बेलुकी त म सुत्न नै सक्दिन ।’
चलचित्र क्षेत्रमा आएको छोटो समयमा नै थुप्रै चलचित्र खेलेकी  प्रियंका अहिलेकी सर्वाधिक व्यस्त नायिका हुन् । उनको हातमा यतिबेला दर्जनौ चलचित्र छन् । तर, उनीमाथि लगानी गरेको चलचित्रकर्मीका लागि ‘सुन्तली’को व्यापार सर्वाधिक महत्वपूर्ण छ ।





प्रतिक्रिया दिनुहोस्...