१६ करोडमा दिल्ली डेयरडेभिल्सले किन्यो युवराजलाई


नयाँ दिल्ली, फागुन ४ – भारतको विश्वकप टोलीमा समावेश हुन नसकेका युवराज सिंह इन्डियन प्रिमियर लिग (आइपीएल) मा भने १६ करोड भारतीय रुपैयाँमा विक्री भएका छन् । आइपीलको आगामी संस्करणका लागि भएको पहिलो चरणको लिलामीमा उनलाई दिल्ली डेयरडेभिल्सले रेकर्ड रकम खर्च गरेर युवराजलाई भित्र्याएको हो ।
newsid_4253-Yuvraj-Singh
युवराज यति ठूलो रकममा विक्री भइरहँदा दक्षिण अफ्रिकाका ओपनर हसिम अमला भने विक्री नै हुनसकेनन् ।
आइपीएलको आठौं सिजनको लागि लिलामी बैंग्लोरमा सोमबारबाट सुरु भएको छ । रोयल च्यालेन्जर बैंग्लोर र दिल्लीबीच लिलामीमा प्रतिस्पर्धा हुँदा युवराजको मूल्य आकासिएको हो ।
गत वर्ष रोयल च्यालेन्सर्जले युवराजलाई त्यतिबेलाको रेकर्ड १४ करोडमा किनेको थियो ।
दिल्लीले श्रीलंकाका एकदिवसीय कप्तान एन्जेलो म्याथ्युलाई पनि ७.५ करोडमा किनेको छ ।
अमलाको एकदिवसीयमा ५५.९३ को औसत रहँदा पनि उनीलाई किन्ने कोही निक्लिएनन् ।






प्रतिक्रिया दिनुहोस्...