मोर्चालाई जसरी भए पनि संविधानसभामा ल्याइछाड्ने गगन थापाको उद्घोष


पाँचथर, फागुन २– नेपाली काँग्रेसका युवा नेता गगन थापाले एकीकृत नेकपा माओवादीलगायतको मोर्चालाई जसरी भए पनि संविधानसभामा ल्याइछाड्ने उद्घोष गरेका छन् । पाँचथरको फिदिम आएका थापाले आज बिहान रासससँग कुरा गर्दै मोर्चालाई सहमतिमा ल्याएरै संविधान निर्माण गर्ने बताए । बाहिर सडकमा गएर हल्ला गर्दैमा देशमा संविधान नआउने भएकाले सहमतिका लागि मोर्चा वार्तामा आउनुपर्ने उनको भनाइ थियो । देशलाई मुठमेडमा जान नदिन सत्तापक्ष र विपक्ष दुबै लचक हुनुपर्ने उनले उल्लेख गरे ।




प्रतिक्रिया दिनुहोस्...